|
निम्न माध्यामिक शिक्षा पार गरेर माध्यमिक शिक्षा अध्ययन गर्न नयाँ विद्यालयमा भर्ना हुँदा उसले सुजितालाई देखेको हो। विस्तारै उनीहरू बीचमा परिचय भयो र घनिष्ठता। सहपाठी हुनुको नाताले नोटकपि, किताबको आदान-प्रदान उनीहरूमा हुन थाल्यो। यसरी घनिष्ट व्यवहारबाटै उनीहरूको माध्यमिक शिक्षा पूरा भयो। दुवैले प्रवेशिका उत्तीर्ण गरे र एउटै क्याम्पसमा भर्ना भए। अब त उच्च शिक्षा हासिल गर्ने भएकैले होला, उसमा एक प्रकारको साहस प्राप्त भयो र सुजितालाई प्रेमपत्र लेख्यो। तर उसको प्रेमले उनको मन जित्न सकेन। अतीतको एक मात्र उसकी मिलनसार सङ्गिनी विस्तारै ऊबाट टाढा भई। आज उनी झन् टाढा भइरहेकी छन् तर ऊ भने सर्वदा उसैलाई समीप देख्छ र सपनीमा पनि चिच्याउँछ- सुजिता... सुजिता... सुजिता... ! हिजो विद्यालयमा जेहेन्दार कहलाएको विद्यार्थी आज क्याम्पसको गेटमा आइपुग्दा पागल भयो। ऊ सुजिताको अभावले पढ्न सकेन। सुजिता उसको त्रासले भाग्न थाली। उनीहरू दुवै जनाको भविष्यमाथि प्रश्नचिन्ह लाग्यो। तर सुजिता किन आफ्नो अध्ययनयात्राबाट पन्छिँदैछे, यो ऊ मात्र जान्दछे। तर सुदीप उनैको लागि जीर्ण भइरहेछ। आज ऊ सडकमा बर्बराउँदै हिँड्छ। एउटा इमान्दार विद्यार्थीको भविष्य बिग्रियो यहाँ, देशको सम्वाहकको संसार धस्कियो यहाँ। तर कसलाई के थाहा - कसैको प्रीतले एउटा उज्ज्वल नक्षत्रमा ग्रहणको टाटो लाग्यो। बाबुआमाको एक मात्र मायाको डोरी सुदीप ममताबाट चुटियो, पिरतीले रेटियो। ऊ आज सडकमा नै दिन-रात बिताउँछ। अनभिज्ञ भाषा आफैँ बोल्छ र आफैँ उत्तर दिँदै हाँस्छ। उसको भाषा बुझ्नलायक यहाँ कोही रहेन। उनको अभावमा ऊ पागल भो तर दोष कसको - कसैको प्रीतले कोही पागल भयो। - शम्भुराज घिमिरे 'सोल्टी', शनिश्चरे- ६, मोरङ
आज आकाशमा जून लागिरहेको छ। आकाश स्वच्छ छ। आकाशको जूनले मलाई हेरिरहेको छ र त्यसले ममाथि केही व्यंग्य हान्दैछ। म सम्झन्छु- ती विगतका दिनहरू, जसले मेरो स्वच्छ प्रेम र मेरो जीवनमाथि खेलबाड गरेको थियो। नसम्झौँ पनि कसरी - जून टाढिएजसरी मेरी प्रियसी मबाट टाढा जाँदैछिन्। कस्ता थिए विगतका दिनहरू - कति रमाइला थिए - कति मीठो थियो त्यसका गुलाबी गाला ! कस्तो स्वच्छ थियो हाम्रो प्रेम ! पहिलो दिन म स्कुल जाँदै थिएँ। स्कुलमा अनेक अपरिचित साथी थिए। म तिनै साथीसँग परिचित हुँदै थिएँ। तर अनेक साथीसँग परिचित भएपछि म केही केटी साथीसित पनि परिचित बन्दै थिएँ। तापनि म मेरो स्कुलको लागि सहयात्री र सहलिङ्गी चाहिन्छ भनेर म अरू साथी बनाउने प्रयास गर्दै थिएँ। तर त्यसै क्रममा मेरो वाषिर्क परीक्षा आयो। म राम्रो अंक ल्याएर पास भएँ। म पुरानो भइसकेको थिएँ। फेरि नयाँ कक्षामा जाँगर र जोशका साथ हो-हल्ला गर्दै प्रवेश गरियो। एउटा परिचित व्यक्ति हाम्रो स्कुलमा पढ्न आएका रहेछन्। अनि मैले झ्वाट्ट सम्झेँ र उसलाई सम्बोधनका साथमा प्रश्न गरेँ, तपाईं यहाँ पढ्न आउनुभएको - अनि मलाई उनले छोटो उत्तर दिए- हो। अनि लगाताररूपले अध्ययन गर्दै जाँदा मेरो पनि थुप्रै साथी र उनका पनि थुप्रै साथी बने। र, उनका साथी मेरा र मेरा | |||||||||||||||||||||||||||||