|
उनीहरूमध्ये उषा अध्ययनका लागि गाउँबाट काठमाडौँ आएकी हुन्। भनिन्छ, वैंशको बेला स्याल पनि राम्रो देखिन्छ भने राम्रोसँग बैंश सवार भइसकेका ती दुई युवती निशा र उषालाई बाटोमा हिँड्दा नजर नलगाउने पुरुषहरू कमै होलान्। के बूढा, के बच्चा, के युवा हरेकका नजर बाटो क्रस गर्दा ती युवतीहरूको सुन्दर अनुहार अनि शरीरलाई आकर्षक बनाइरहेको वक्षस्थलमा ठोकिन्छ। त्यस दिन ती दुवै सुन्दरी युवतीहरू काठमाडौँको एउटा पार्क घुम्न पुग्छन्। त्यहाँ युवक-युवतीहरू प्रेममा मस्त छन्। कुनै-कुनै बेला त यति उत्तेजक दृश्य पनि देखिन्छ कि उनीहरूको शरीरमा सय भोल्टको करेन्ट सवार भएजस्तो अनुभूति हुन्छ। 'तँलाई त्यस्तो रहर लाग्दैन?' चुम्बन गरिरहेका एकजोडी देखाएर निशा भन्छिन्। 'के-के भन्छे, के-के, चूप लाग्' उषाले हाँसेजस्तो गरेर उत्तर दिई। 'तँ र म त एकै आत्माका साथी हौँ। अनि तेरो र मेरो बारेमा एक-अर्कामा निकै थाहा पनि छ। तेरो मनको कुरा मलाई किन लुकाउँछेस्। बरु मलाई भन्, म तेरो हरइच्छा पुर्याइदिन तयार छु'- निशाले धेरै सदाशयता प्रकट गर्दै भनी। 'धन्य निशा, तँ मेरो आत्मीय साथी होस्, कति प्यारी छस् है - एक दिन तँसँग भेट्न पाइन भने त मलाई कस्तो नरमाइलो लाग्छ'- उषाले आभार प्रकट गरी। यस्तै गफ गर्दै उनीहरू पार्कबाट फर्किए र भोलि फिल्म हेर्न जाने योजना बनाए। भोलिपल्ट निर्धारित समय निशा उषाकहाँ आइपुगी। 'उषा तयार भइस् ?'- निशा बोल्दै उषाको कोठामा प्रवेश गरी। 'हुँदैछु, एकछिन् पख न !'- उषाले ड्रेस मिलाउँदै भनी।
'ठीकै छ नि विजय, कहाँ जानु र, बरु तिमी पो मुखै देखाउन छाड्यौ। के हो इञ्जिनियर भइयो भनेको सुनेकी थिएँ। कतै त्यही भएर हामीलाई वास्तै नगरेको हो कि क्या हो ?'- निशाले व्यंग्य गर्दै भनी। 'वाफ रे मलाई त्यस्तो सोचेको - म मेरा पुराना साथीहरूलाई कदाचित बिर्सन्न क्या ! अँ बरु इञ्जिनियर हुनचाहिँ अझ एक वर्षपर्खनुपर्ने भएको छ। इञ्जिनिर हुँदैमा साथीहरूलाई बिर्सनेचाहिँ होइन नि !'- विजयले स्पष्टीकरण दियो। 'ल ठीकै छ। बरु परिचय गरौँ न विजय, ऊ मेरो कलेजकी अत्यन्त मिल्ने साथी उषा, अनि उषा ऊचाहिँ मेरो स्कूल पढ्दाको साथी विजय, भविष्यको इञ्जिनियर।' निशाले दुवैको एक-अर्कामा परिचय गराई। दुवैले हात मिलाए। 'ल कुरा गर्दै गरौँला अहिलेचाहिँ सिनेमा हेर्न जाऔँ'- निशाले भनिन्। सबैजना हलभित्र पस्छन्। विजय मनमा सोच्दै हुन्छ- 'क्या राम्री केटी रै'छ बा, कहाँ बस्छे होला यो केटी, अनि कहाँ होला घर - फ्रेण्डसीप बढाउन पाए राम्रै हुन्थ्यो !' सिनेमा सुरु हुन्छ। कुरा | |||||||||||||||||||||||||||||