|
पुनर्जन्म लगातार तीन दिनसम्मको बन्द र विरोध कार्यक्रमपश्चात् देशको स्थिति झन्-झन् जटिल बन्दै गएकाले केही दिनपश्चात् नै त्यो देशव्यापी आन्दोलनमा परिणत भयो। त्यस दिन वीरबहादुर काममा नगएको पनि ठीक एक साता भएको थियो। घरमा भएको अन्नपानी पनि सकिन थालेपछि ऊ बडो अन्योलमा पर्यो। उसले एक पटक दोजिया श्रीमती अर्थात् चमेलीलाई हेर्यो। भरेभोलि हुन लागेको चमेलीको अवस्था देखेर उसले सहर पस्दा थोरै पाउने आशामा धेरै थोक थुमाएको आभास पायो- ग्रामीण सहयोग, आत्मीयता, स्वच्छता....। यस्तै कुराहरू सोचेर ऊ बाहिरियो कामको खोजीमा। साँझपखसम्म पनि ऊ फर्किएन। टाढाबाट एउटा अपरिचित आकृति उसको छाप्रोतिर लम्किरहेको थियो। वीरबहादुरले आन्दोलनमा ज्यान गुमाएको तीतो सत्य ओकल्न आकृति छाप्रोभित्र पस्यो तर भित्र पस्नै नपाई उसको कानमा नवजात शिशुको 'क्रन्दन' ठोक्कियो। नजिकै चमेली अचेतन अवस्थामा थिई। आकृतिले विस्तारै नवजात शिशुलाई बोक्यो र साम्य गराउन खोज्दै भन्यो- 'वीरबहादुर ! तिमी फेरि जन्मियौ।' अर्को राम रामायणका रामले दुई सन्तानकी आमा सीतालाई भगाएर ल्यायो। तर केही दिन नबित्दै रामले सीतालाई एउटा मोटो रकम हात पारेको वेश्यालयमा पुर्यायो। रामले भाइ लक्ष्मणलाई जालझेल गरेर प्रहरीको जिम्मा लगायो र सम्पूर्ण सम्पत्ति आफ्नो नाममा पार्यो। यसको केही दिनपछि रामले बाबु दशरथलाई भार सम्झिएर घरबाट नै निकालिदियो। रामायण गाउँको यो घटनाले अर्को रामले अनौठो छाप छोडेको छ। शिवजी-सपना एक पटक शिवजीलाई मन्दिरै मन्दिरको नगरी नेपाल हेर्न मन लागेछ। उनी सर्वप्रथम आफ्नो पहिलेको बासस्थल काठमाडौँको पशुपतिमा आफ्नी रूपवती पत्नी पार्वतीलाई साथ लिएर झरेछन्। कलियुगमा पनि पशुपतिमा भक्तको घुइँचो देखेर उनी साह्रै मख्ख परेछन् र जुँगामा ताउ लगाउँदै पार्वतीलाई भनेछन्- 'देख्यौ त प्रिये ! मेरा कति भक्त रहेछन् त यहाँ -' पार्वती पनि मौन मुस्कान छोड्दै अघि बढिन्। कञ्चनगंगाजस्तो स्वच्छ वागमतीलाई देखेका शिवजीले वागमतीको विरूप देख्दा साह्रै चित्त दुखाएछन्। दुर्गन्धै दुर्गन्धको बीचमा अचानक मीठो वासनाले शिवजीलाई झल्याँस्स पार्यो। यसो हेर्छन् त नजिकै जोगीको उउटा डफ्फाले गाँजा बुक्याउँदै रहेछन्। शिवजी त्यतैतिर लागेछन्। जोगीको भेषमा रहेका शिवजीलाई उनीहरूले जोगी नै ठानेछन्। तर जोगिनीको भेषमा सुन्दर पार्वतीलाई देखेर भने सशंकित भए। उनीहरूले शिवजीलाई केटी बेच्ने दलाल होला भनी लख काटे। धूवाँको वासनाले शिवजीलाई पनि तलतल लाग्यो र भने- 'मित्रहरू ! मलाई पनि एक सर्को तान्न दिनुहोस् न !' पहिले त सबै खासखुस गर्न थाले तर एउटाले गोजीबाट एउटा विदेशी चुरोट दिँदै भने- 'लिनोस् यो नयाँ चुरोट हो।' चुरोट कहिल्यै नदेखेका शिवजी छक्क परे र चुरोट सल्काए। उनले दुई सर्को चुरोट के तानेका थिए, त्यहीँ लल्याकलुक भएर ढले। जोगीहरू कानेखुसी गर्न थाले। चुरोट दिने जोगीले प्याच्च भनिहाल्यो- 'साला ! यति जाबो पनि तान्न नसक्ने के जोगी हुनुपरेको। जीवनको मज्जा थाहै रहेनछ यसलाई।' पार्वतीतिर हेर्दै सोध्यो- 'नानी ! तिमी को हौ -' तर पार्वती उनीहरूको कुरै नसुनी पानी लिन वागमतीतिर झरिन्। यता, शिवजी बिउँझेर पार्वतीलाई खोज्न थाले। कतै नदेखेपछि पक्कै पनि अलमलिइन् क्यारे भन्ने सोची यताउता खोजी गर्न थाले। निराश भएर शिवजी वागमतीको किनारमा पुगे। उनलाई गर्मी महसुस भइरहेको थियो। उनलाई वागमतीमा नुहाउन मन लाग्यो र नुहाए पनि। अकस्मात् उनलाई जाडो लाग्न थाल्यो। उनी पानीबाट बाहिर निस्किए। उनलाई रिङ्गटा लाग्न थाल्यो। र, उनी एकछिन सुस्ताए र स्वास्थ्य जाँच गराउन भनी स्वास्थ्य केन्द्रतर्फलागे। अस्पतालमा लामो लाम देखेर उनको सातो गयो। तर पनि हरेस नखाई एकातिर उभिए। एउटा पालेले जोगी लाइनमा बसेको देखी कराउँदै भने- 'ए बद्मास ! यहाँ तैंले केही पाउँदैनस्, छिटो भाग्। कस्ता माग्ने हुँदारहेछन् बा !' शिवजी मन अमिलो पार्दै निस्किए। उनी त एउटा प्राइभेट क्लिनिकमा पसेका रहेछन्। टन्टलापुर घाममा उनी भौँतारिइरहेका थिए। फेरि उनलाई रिङ्गटा लाग्यो र उनी त्यहीँ ढलेर बेहोस भए। यत्तिकैमा पार्वती पानी लिएर त्यतै आउँदै थिइन्। < | |||||||||||||||||||||||||||