|
'प्रेम भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्छ- दुई मुटुको मिलन नै प्रेम हो तर प्रेमको व्यापक रूपलाई हेर्ने हो भने परिवारले परिवारलाई गर्ने प्रेम अनि एउटा नागरिकले देशलाई गर्ने प्रेममा एकरूपता पाइन्छ।' आज-भोलिका युवायुवतीहरूको प्रेमलाई फेसनका रूपमा लिइरहेका छन्। कुनै एउटै राम्री केटी वा केटालाई भुलाउन सक्नु आफू क्षमतावान् भएको सम्झन्छन्। अहिलेका युवायुवतीहरूले प्रेमलाई जवानी अनि पैसासँग दाँजेका छन्। चाँगुनारायण स्कुलका शिक्षक नीलबहादुर श्रेष्ठको अनुभव छ- 'प्रेम आजको परिवेशमा एउटा बाध्यता र अपरिहार्य आवश्यकता भएको छ। प्रेमको अर्थ नै थाहा नहुनेहरू पनि रोमियो टाइटल राख्छन्।' शिक्षिका सीता खनाल प्रेम दुई आत्माको मिलन हो भन्दै प्रेम व्यक्तिले चाहेर गर्ने र नचाहेर नगर्ने होइन, यो हृदयदेखि नै स्वतःस्फूर्त उत्पन्न हुने एउटा भाव हो भन्ने धारणा व्यक्त गर्छिन्। 'प्यार किया नही जाता, हो जाता है' प्रेम भन्ने कुरालाई दुई अर्थबाट बुझ्न सकिन्छ। एउटा आफन्तलाई गर्ने प्रेम र अर्को विपरीत लिङ्गीबीच हुने प्रेम। प्रेमको निश्चित परिभाषा दिन गाह्रो पर्छ। यो संसार नै प्रेममा अडेको छ भन्दै खनाल थप्छिन्- 'सबैभन्दा ठूलो कुरा मन हो, मन हुने मानिसलाई मात्र प्रेम केहो भन्ने कुराको महसुस हुन्छ। प्रेमको परिभाषा दिन गाह्रँे छ।'
प्रेमका बारेमा सबैलाई थाहा नहुन सक्छ प्रेम भनेको के हो - जिज्ञासा उठ्नु स्वाभाविक नै हो। साधारणतया हामीले भन्ने गर्र्छौं प्रेम भनेको कसैले कसैलाई गरेको माया नै प्रेम हो। तर अझै गहिरिएर भन्नुपर्दा प्रेम वा माया भनेको त्यस्तो चिज हो, जुन एउटा अति महत्वपूर्ण तथा अमूल्य उपहारको रूपमा सृष्टिकर्ताले हरेक प्राणीलाई दिएको प्रकृतिप्रदत्त वस्तु हो। प्रेम मानव जीवनको शक्ति हो, प्रेम नै उसको प्रेरणा तथा प्रेम नै उसको भविष्य तथा जीवनको आशाको केन्द्र हो। प्रेम नै मानवताको सर्वोत्तम गुण हो, प्रेम नै स्वर्गीय आनन्द हो र यही नै परमात्माको सबैभन्दा महत्वपूर्ण देन पनि हो। प्रेम सर्वव्यापक पुजित हुन्छ। प्रेम हरेक प्राणीको हृदयको अन्तस्करणमा रहन्छ। मनुष्य जीवनमा यसको महत्व सबैभन्दा अधिक हुन्छ। यसलाई अभिव्यक्त गर्ने तरिका सबैमा फरक-फरक हुनु स्वाभाविक मानिन्छ। स्त्री पुरुष यसको अभावमा एक अर्कामा समर्पित हुन सक्दैनन्। प्रेम स्त्री-पुरुषको वैवाहिक जीवनको अपरिहार्य तत्व हो। तर विद्वान्हरूले माया र प्रेमका बारेमा धेरै परिभाषाहरू लेखेका छन्, तर आजसम्म कसैले प्रेमको पूर्ण परिभाषा गर्न सकेका छैनन्। हरेकले आ-आफ्ना तर्क मात्र अगाडि सारेका छन्। प्रेम एउटा धेरै कठिन | |||||||||||||||||||||||||||||