|
 |
|
पत्नीव्रता
पति किन
नहुने
?
विवाहबारेमा
हाम्रो
परम्परागत
धारणा
र
पश्चिमाहरूको
धारणा
अलिक
फरक
छ।
हाम्रोमा
विवाह
जीवनपद्धतिको
एक
अङ्ग
हो
र
यो
'यर्ज्ञकर्म'
जस्तै
पवित्र
मानिन्छ।
तर
पश्चिमा
शैलीको
विवाह
एउटा
सुविधाको
सहमित
मात्रै
हो।
प्रष्टै
छ,
सहमति
भन्ने
कुरा
सहजै
तोड्न
सकिन्छ,
यो
नै
पश्चिमा
शैलीको
सम्बन्धविच्छेद
-पारपाचुके)
को
जगजगीको
कारण
हो।
यहीँनेर
के
उल्लेख
गरौँ
भने
प्राचीन
आर्य
सभ्यता
'पवित्र
विवाह
पद्धति'
मा
वर
र
वधू
विवाहका
शुभ
अवसरमा
एक-अर्कासँग
यस्तो
प्रतिज्ञा
गर्छन् |
 |
यदेतद्
हृदयं
तब
तदस्तु
हृदयं
मम।
यदेतद्
हृदयं
मम
तदस्तु
हृदयं
तब।।
अर्थात्-
तिम्रो
हृदय
मेरो
हृदय
बनोस्
र
मेरो
यो
हृदय
तिम्रो
हृदय
बनोस्।
नेपाली
परम्परामा
'सह
धर्मं
चरतम्'
-उपदेश
लिएर
नरनारी
गृहस्थ
जीवन
आरम्भ
गर्दछन्।
यस
अवधारणाअनुसार
नारी
र
पुरुषमा
न
पृथक
अधिकार
छ,
न
त
समान
अधिकार
नै,
यहाँ
त
सहअधिकार
छ।
अर्को
शब्दमा
भन्दा
भारत
वर्षको
परम्परामा
स्वतन्त्र
पत्नी
वा
स्वतन्त्र
पतिको
अधिकार
होइन,
दुवैको
मिलित
अधिकार
छ।
ँजायापत्योर्नविभागो
दृश्यते।
पाणिग्रहणाद्धि
सहत्वं
कर्मसु
तथा
पुण्यफलेपु,
द्रव्यपरिप्रहेषु
च।।'
(मनुस्मृति)
अर्थात्,
पत्नी
र
पतिमा
कुनै
विभाग
वा
बँटबारा
देखिँदैन।
दुवैको
सबथोक
एक
हो।
पति
जब
पाणिग्रहण
गर्छ,
त्यसै
बेलादेखि
प्रत्येक
कर्ममा
दुवैको
सहयोग
अपेक्षित
रहन्छ।
यस्तै
प्रकारले
पुण्यफलमा
तथा
द्रव्यसंग्रहमा
दुवैको
सहअधिकार
हुन्छ।
'पतिब्रता
पत्नी'
-सायद
धेरै
पटक
दोहोरिइरहने
भएर
होला
अनौठो
लाग्दैन,
तर
'पत्नीव्रता
पति'
शब्दावलीले
धेरैलाई
अनौठो
महसुस
हुँदोरहेछ।
कति
त
हाँस्छन्।
तर
के
यो
हाम्रा
लागि
नौलो
तथा
अकल्पनीय
कुरा
हो
-
होइन,।
जस्तो
कि
माथि
नै
भनियो,
हाम्रो
विवाहपद्धति
यसको
असली
स्वरूपमा
रहँदासम्म
पति
र
पत्नीमा
एउटा
मालिक
र
अर्की
दासी
भन्ठान्ने
प्रचलन
नै
थिएन।
पतिले
पनि
पत्नीव्रता
हुनै
पर्छ
भन्ने
विधान
हिन्दू
धर्मशास्त्रहरूमा
छ।
अझै
रमाइलो
कुरा
त
के
छ
भने
नारीवादीहरूले
बेलाबखत
आलोचना
गरिरहने
'मनुस्मृति'
मा
यस्तो
विधान
छ।
तर
सामन्ती
राज्यसत्ताका
क्रममा
जसरी
'पत्रि्रता
धर्म'
को
महिमा
गाइयो,
त्यो
भन्दा
चर्कोसँग
'पत्नीव्रता
धर्म'
लाई
लुकाएको
पाइन्छ।
भगवान्
श्रीकृष्णको
जीवन
अध्ययन
गर्ने
हो
भने
उहाँले
केवल
एउटा
प्रसङ्गमा
मात्रै
आफूलाई
आलोचना
गर्नुभएको
छ,
अहिलेको
राजनीतिक
शब्दवलीमा
भन्नुपर्दा
'आत्मालोचना'
!
यो
लेखले
पक्रन
खोजेको
कुरोको
चुरो
पनि
त्यही
छ।
राजा
युधिष्ठिरको
चक्रवर्ती
सम्राट
हुने
इच्छा
साकार
पार्न
रणभेरी
बजाउँदै
हिँडेका
अर्जुनलाई
युद्धमा
सघाउने
क्रममा
श्रीकृष्णले
यस
सम्बन्धमा
चर्चा
गर्नुभएको
छ।
'हे
अर्जुन
!
एक
पत्नीव्रता
ठूलो
ब्रत
हो,
जसलाई
न
मैले
पालन
गर्न
सकँे,
न
त
तिमीले।
भगवान्
श्रीराम
यस
धर्मका
अनुपालक
हुनुहुन्थ्यो।
आदि-इत्यादि
भन्दै
भगवान्
श्रीकृष्णले
'आत्मालोचना'
गर्नुभएको
छ।
त्यही
एक
पत्नीव्रतको
पालना
नगरेको
हुँदा
भगवान्
श्रीकृष्णलाई
संसारका
साराका
सारा
असल
विशेषणहरू
लगाइए
तापनि
'मर्यादापुरुषोत्तम'
चाहिँ
भनिंदैन।
मर्यादापुरुषोत्तम'
को
संज्ञा
भगवान्
श्रीरामलाई
मात्र
प्राप्त
छ।
हामी
देख्छौँ
कि
श्रीराम
साँच्चै
नै
पत्नीव्रता
पति
हुनुहुन्थ्यो।
त्यही
संस्कार
नै
हाम्रो
निम्ति
आदर्श
संस्कार
हो।
'सखे
सप्तपदा
भव
सख्यं
ते
गमेयम्।
सख्यं
ते
मा
योषाः
-छिन्दन्तु)
सख्याते
मायोष्ठाः
-सुखकारणः)।।'
भन्दै
प्रतिज्ञा
गरिएको
हुन्छ
हिन्दू
विवाहमा।
जसको
भावार्थ
हुन्छ
कि
प्रिय
!
विवाहित
जीवनको
सात
उद्देश्य
प्राप्त
गर्नमा
तिमी
मेरो
साथ
रहु
म
तिम्रो
सखा
बन्ने
वचन
दिन्छु,
हाम्रो
मिलनलाई
कोही
अर्की
स्त्रीले
भङ्ग
गर्न
सक्ने
छैन।
-एकभन्दा
बढी
विवाह
गरेर
सौता
हाल्ने
काम
हुने
छैन,
एक
पत्नीव्रतको
पालना
हुनेछ)
जसरी
कि
स्त्रीको
पति
एउटै
मात्र
हुनुपर्छ
त्यसरी
नै
पुरुषकी
पत्नी
पनि
एउटै
मात्र
हुनुपर्छ।
र,
हाम्रो
पे्रम
सकल
सुखहरूको
स्रोत
हुनेछ।
हामीले
सम्झनुपर्ने
श्लोक
यो
पनि
हो-
देववत्
सततं
साहनी
भर्तारमनुपश्यति।
दम्पत्योरेष
नै
धर्मः
सहधर्मकृतः
शुभः।।
(मनुस्मृति)
अर्थात्
जसरी
पत्नी
आफ्नो
पतिलाई
देवतुल्य
सम्झिन्छिन्,
त्यसरी
नै
पतिले
पनि
आफ्नी
पत्नीलाई
त्यही
दृष्टिले
हर्ेर्नुपर्छ
-देवीतुल्य
सम्झनुपर्छ),
दम्पतीको
एकै
धर्म
हो,
सहचारिता
दुवैको
लागि
आवश्यक
छ।
-एउटाले
नियम
पालन
गर्ने
अर्काको
नगर्ने
भन्ने
कुरा
नमिल्दो
देखिन्छ,
नियम
त
दुवैलाई
लाग्नुपर्छ।)
एड्सजस्ता
यौनजन्य
रोगहरूको
जगजगी
भएको
वर्तमान
परिपे्रक्ष्यमा
'एक
पतिव्रत'
र
एक
पत्नीव्रत'
को
महत्व
ठूलो
छ।
यौनजन्य
रोगहरूको
अप्रसार,
नियन्त्रण
तथा
समाप्तिका
निमित्त
यही
सर्वोत्तम
विकल्प
हो।
जब
नारी
|