|
प्राचीन आयुर्वेदिक ग्रन्थमा यस्ता औषधिहरूको बारेमा उल्लेख गरिएको छ। जसको प्रभावका बारेमा लेखिएको छ कि यस औषधिको सेवनबाट पुरुष अतुल सम्भोग शक्ति प्राप्त गरेर सम्भोगमा स्त्रीलाई पर्याप्त सम्भोग सुख दिन र उनलाई सम्भोगमा परास्त गर्न सक्छन्। यसको सेवनबाट पुरुषहरू एक रातमा सय स्त्रीसँग सम्भोग गर्ने शक्ति प्राप्त गर्न सक्छन् तथा यसको सेवनबाट पुरुष स्त्रीलाई तुरुन्त स्खलित गराएर आफू अरू केही समयपछाडि स्खलित हुन सक्छ।
यसै कारण आज हाम्रो समाजका सामान्य यौन रोगीहरूको दिमागमा पनि यिनै औषधिहरूको प्रभाव छाइरहेको हुन्छ र उनीहरू यिनै औषधिको खोजीमा हुन्छन्। तर साँचो कुरा यो हो कि कुनै औषधि त्यस्तो छैन, जसले पुरुषत्व कमजोर पुरुषलाई सम्भोग गर्नका लागि पहलवान -बोकोजस्तै) बनाइदेओस्। अब प्रश्न उठ्न सक्छ, सेक्सको लागि शक्ति र औषधिको सम्बन्ध छ कि छैन - यसको रहस्य के छ र वैज्ञानिक चिकित्सा प्रणाली के भन्छ - यसका बारेमा यति कुरा घामको प्रकाशझैँ स्पष्ट छ कि व्यक्तिको मनका विकारहरू भ्रामक धारणाहरू तथा वैज्ञानिक मान्यताहरू औषधि ख्वाएर धेरै टाढा जाने होइन। औषधिसँग यस विषयको कुनै सरोकार रहँदैन। व्यक्तिका मनका विकारहरू भ्रामक मान्यताहरू आदिलाई आफैँले सोचेर, मनन गरेर मनबाट हटाउन सकिन्छ। तर स्वास्थ्य कमजोर भएको अवस्थामा भने औषधिहरू सहायक सिद्ध हुन सक्छन्। यस सर्न्दर्भमा यहाँ केही विशिष्ट खाद्य पदार्थको बारेमा उल्लेख गर्नु उपयुक्त ठानेको छु, जो सजिलै आफ्नो घरमा प्राप्त गर्न सक्छौँ। राम्रो पोषणयुक्त खाद्यले नै औषधिको काम गर्दछ। यस्ता वस्तुहरूलाई खाद्य औषधि भनिन्छ, जुन खाद्य पदार्थबाट शरीरका स्नायुहरू पुष्ट हुन्छन्। मांसपेशीहरू शक्तिशाली तथा क्रियाशील बनिरहन्छन्, रक्त सञ्चार राम्रो हुन्छ। शरीर सञ्चालनका क्रियाकलापहर्रूलई सुचारुरूपमा चलाउन सहयोग गर्छ। यी सबै वस्तुहरूले सेक्स शक्तिलाई पुष्ट बनाई राख्दछन्। कमजोर भइसकेको तागतलाई पुनः माथि उठाउँछ। यसले शरीरमा शक्ति दिन्छ। उक्त पदार्थको लागि सबैभन्दा पहिलो स्थान दूधले लिन्छ। दूधभन्दा राम्रो सेक्सको लागि अरू कुनै टनिक छैन।
बदाम, ओखर, काजु, किसमिस तथा गेडागुडी आदि पनि शक्तिवर्द्धक खाद्य पदार्थ हुन्। यिनीहरूको नियमित सेवन गर्ने गरौँ, जसले कमजोर शरीरमा पनि शक्ति उत्पन्न हुन्छ। सुख्खा मेवा जसले शरीरलाई शक्ति तथा गर्मी पुर्याउने गर्छ। यो मेवा दूधको | |||||||||||||||||||||||||||||