Index

o यसरी गर्छन् कलेज गर्लहरु रोमान्स
o

अनुत्तरित प्रेमपत्रहरू

o यौनशक्ति बढाउने अमूल्य औषधि
o

प्रेम जीवनको अन्तरसम्बन्ध

o स्त्रीहरू कस्तो बेडपार्टनर चाहन्छन् ?
o शीघ्रपतन चिन्ता नलिनुस्
o पत्नीव्रता पति किन नहुने ?
o श्रीमानबाट श्रीमतीहरू के चाहन्छन् ?
o लवलेटर
o लघुकथा

श्रीमानबाट श्रीमतीहरू के चाहन्छन् ?

श्रीमान्-श्रीमतीको सम्बन्ध अत्यन्त कोमल हुन्छ आफ्नो यो सम्बन्धलाई सुमधुर राख्न केही महिला अत्यधिकरूपमा सचेत हुने गरेको पाइन्छ। उनीहरू यस्तो महसुस गर्छन् कि आफ्नो पतिको बढी ख्याल राख्नाले दाम्पत्य जीवन खुसीले भरिपूर्ण हुन्छ। उनीहरू सोच्छन्- हरखबत आफ्ना पतिको -साना आवश्यकताको ख्याल राख्नु, उनको साथ बढीभन्दा बढी समय व्यतीत गर्नु पतिलाई खुसी राख्ने सर्वोत्तम उपाय हो। पत्नीको यस प्रकारको व्यवहारबाट अधिकांश अवस्थामा पति आफ्नी पत्नीसित नजिकिनुभन्दा टाढिन रुचाउन थाल्छन्।

 

जसका कारण दाम्पत्य जीवनमा नकारात्मक असर पर्छ। यस्तो हुनुको पछाडि विविध कारण हुन सक्छन्। मनोविश्लेषकहरूका अनुसार हाम्रो जस्तो सामाजिक परिवेशमा सानो उमेरदेखि नै छोरीलाई घरका कामकाजमा संलग्न गराइन्छ। पितृसत्तँत्मक समाज भएकोले परिवारमा पुरुष सदस्यको आराम सुविधाको ख्याल बढी गरिन्छ, अधिकतर परिवारमा आफ्नी आमाले आफ्ना बाबु, दाजु, भाइको ख्याल गरेको प्रभाव छोरीमा पर्छ यस्तै सिकाइने भएकाले सोहीअनुसार विवाहपश्चात् उनी पनि आफ्ना पतिप्रति सोहीअनुसारको व्यवहार गर्न थाल्छिन्।

जुन हरेक अवस्थामा सही नै हुन्छ भन्ने छैन। त्यसैगरी तुलनात्मक रूपले छोराले परिवारमा बढी छुट पाउँछन् वयस्क उमेरसम्म आइपुग्दा कसैको करकाप, प्रतिबन्ध आफ्नो व्यक्तिगत कुरामा कसैको पनि हस्तक्षेप गरेको नरुचाउने स्वभाव पुरुषमा बढी हावी हुन्छ। जसका कारण विवाहपश्चात् पत्नीको मायामा कमी आउन थालेको महसुस गर्न पुग्छ आफ्नी पत्नीको त्यस्तो व्यवहारप्रति रुष्ट हुन्छ। महिलाहरूले पतिसितको आफ्नो व्यवहारलाई सन्तुलित राख्नु बुद्धिमानी हुन्छ। यसो भन्नुको अर्थ के हो भने आफ्ना पतिको ख्याल राख्नर्ुपर्छ तर -साना कुराका लागि पनि उनलाई आफ्नो उपस्थितिको आवश्यकतालाई महसुस गराउन दिनु भने उचित हुँदैन। दाम्पत्य जीवनलाई सुमधुर राख्न एक-अर्कालाई माया गर्नु, एक-अर्कासित बढीभन्दा बढी समय बिताउनु, एक-अर्कालाई सहयोग गर्नु, हरेक कुराका सम्बन्धमा सल्लाह गर्नु आदि सबै कुराको आवश्यक हुन्छ। तथापि यी कुराहरू कैयन् अवस्थामा व्यवहारमा लागू गर्न सकिँदैन सम्भव पनि हुँदैन। त्यसैले दाम्पत्य जीवनमा गाँसिए पनि हरेक दम्पतीले -आफ्नो व्यक्तिगत स्वतन्त्रता भावनाको सम्मान गर्नु आवश्यक छ। प्रत्येक व्यक्तिको इच्छा-आकांक्षा, चाहना फरक-फरक हुन्छन् त्यसको पूर्तिका लागि -आफ्नै ढङ्गबाट प्रयास पनि व्यक्तिले गर्छ नै। पति-पत्नीले बुझेर -आफ्नै ढङ्गले त्यसमा रमाउनुपर्छ। एकको रुचिका लागि अर्कोले त्यस कुरामा आफ्नो चाहना नहुँदा-नहुँदै पनि संलग्न हुनु बुद्धिमानी होइन। समर्पणका नाममा आफ्नो इच्छा मार्नु स्वाभाविक होइन, कसैको रुचिमा जबर्जस्ती हस्तक्षेप गर्नु नै राम्रो कुरा हो। एक अर्कालाई सहयोग, भावनाको कदर, इच्छाको सम्मानले नै दाम्पत्य जीवनमा अझ सामीप्यता सञ्चार गर्छ, प्रगाढता बढाउँछ।

दाम्पत्य जीवनमा पति-पत्नी दुवैले एक-अर्काबाट राख्ने अपेक्षा फरक-फरक हुन्छन्। विवाहविज्ञहरूका अनुसार पतिको तुलनामा पत्नीले आफ्ना पतिबाट बढी अपेक्षा राख्छिन्। प्रायः महिला आफ्ना पतिका सम्बन्धमा बढी पोजेसिव हुन्छिन् चाहन्छिन् कि उनीसित जोडिएका -साना कुरामा पतिले गहिरो रुचि राखोस्। पतिबाट हरेक अवस्थामा सहयोग सुरक्षाको अपेक्षा महिलामा पाइन्छ। सामाजिक मान्यता एवं पारिवारिक संस्कारका कारण अधिकतर महिला विवाहपश्चात् आफ्ना प्रायःजसो कुरामा पतिको साथ खोज्छन्। पतिको केयरिङ गर्ने बानी महिलालाई अधिक मनपर्छ। त्यसैले उनी स्वयम् पनि आफ्ना पतिलाई त्यहीअनुरूप व्यवहार गर्छिन्। पुरुषका सम्बन्धमा भने विवाहपश्चात् उनी आफ्नी श्रीमतीबाट घरको कुशल व्यवस्थापनका साथै आफ्नो सम्पूर्ण आवश्यकतालाई समयअनुसार पूरा गर्न सकोस् भन्ने अपेक्षा पाल्छन्। यसका अतिरिक्त आफ्नी श्रीमतीले गरेका अन्य कुराप्रति पुरुषले विशेष ध्यान पुर्याउँदैनन्। पत्नीले चाहिनेभन्दा बढी गरेको हेरचाह, माया हरेक कुरामा हस्तक्षेप आदिले उनी आफ्ना पत्नीप्रति पूर्वाग्रही बन्न पुग्छ। अतः यस सम्बन्धमा महिलाहरू सतर्क हुनु जरुरी छ। प्रायः पुरुषको व्यक्तित्वमा लचिलोपन पाइँदैन विवाहपश्चात् आफ्नो व्यवहार, आचरण तथा रुचिलाई आफ्नी पत्नीको इच्छाअनुसार परिवर्तन गर्न उनीहरूलाई मुश्किल पर्छ। किनकि हाम्रो सामाजिक परिवेशमा