Index

o यसरी गर्छन् कलेज गर्लहरु रोमान्स
o

अनुत्तरित प्रेमपत्रहरू

o यौनशक्ति बढाउने अमूल्य औषधि
o

प्रेम जीवनको अन्तरसम्बन्ध

o स्त्रीहरू कस्तो बेडपार्टनर चाहन्छन् ?
o शीघ्रपतन चिन्ता नलिनुस्
o पत्नीव्रता पति किन नहुने ?
o श्रीमानबाट श्रीमतीहरू के चाहन्छन् ?
o लवलेटर
o लघुकथा

 

शीघ्रपतन चिन्ता नलिनुस्

यौनकार्यमा सम्पूर्ण समर्पण तन्मयताका साथ लागे माहिला तथा पुरुषको सन्तुष्टि एकै समय शीघ्र यौनकर्मले पतिपत्नी वा प्रेमी-प्रेमिका बीचमा सम्बन्धमा देखिएको तनाव मत्थर गर्ने एक अध्ययनले देखाएको छ। शीघ्र बौलठ्ठीपूर्ण उत्तेजनात्मक यौन सम्बन्ध पारिवारिक तनाव कम गर्ने महत्वपूर्ण क्याप्सुल भएको सो अध्ययनले बताएको छ।

अमेरिकाको कोलोराडोस्थित एक यौन मनोविज्ञले गरेको सो अध्ययनमा ९० भन्दा बढी जोडी समावेश गरिएको थियो। शीघ्र पतनबाट आजित युवा उपचार खोज्दै मनोचिकित्सककहाँ पुग्दा उनले सात पानाको फारम भर्न लगाएका थिए। केही समयपछि यसैलाई संश्लेषण गर्दै उनले अध्ययन प्रतिवेदनका रूपमा प्रस्तुत गरेका थिए।

शीघ्र स्खलनको समस्यालाई हीनता ग्लानीपूर्वक हेर्ने पुरुषले लामो समयसम्म यौनसम्पर्क नै नगर्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ। तर 'नो सेक्स' भन्दा 'क्विक सेक्स' बढी उपयोगी हुने यसलाई व्यवस्थित तर आक्रामक बनाउने हो भने शीघ्र कर्मले झन् बढी सन्तोष सुख दिने पनि प्रतिवेदनमा दिइएको छ।

त्यस्ता जोडी जो यौनकर्म छिटो सम्पन्न गर्छन्, उनीहरू अत्यधिक उत्तेजनामा हुने हुनाले -अर्ग्याज्म परमयौनानन्द पुगी) शारीरिक तथा मानसिक तनाव पनि हट्न सक्ने प्रतिवेदनमा खुलाइएको छ।

परम्परागतरूपमा के सोचिन्छ भने शीघ्रपतन पुरुषको मात्र समस्या हो, शीघ्र एकतर्फी यौनसम्पर्क केवल पुरुष मात्र खुसी हो। यसमा महिलाको कुनै हिस्सेदारी छैन। तर प्रतिवेदनमा शीघ्र निवारण पुरुषको मात्र नभई महिलाको पनि विशेषता भनिएको छ। यौनकार्यमा सम्पूर्ण समर्पण तन्मयताका साथ लागे महिला तथा पुरुषको सन्तुष्टि समय एकै समय हुने पनि प्रतिवेदनमा उल्लेख छ।

डा.बायनद्वारा संश्लेसित सो प्रतिवेदनमा असल यौनजीवन सधैं सन्तुलित हुने बताइएको छ। दस पटकमा आठ पटक शीघ्रपतन भयो भने पनि समस्याका रूपमा नलिन आग्रह गर्दै त्यो प्रतिवेदनले पाँचदेखि १५ मिनेटको यौन अन्तरक्रिया सामान्य मानेको छ। यौनक्रिया सुरु गर्नुअगाडि एक पेग वाइन, हल्का सङ्गीत हेनरी बोन्डका यौनकेन्द्रित आख्यानको उपयोग गर्न पनि त्यहाँ सुझाव दिइएको छ। चोरी यौन सम्बन्धमा पनि भय, आशंका हतारोले छिटो स्खलन हुने विशेषता पनि आममा भएको प्रतिवेदनमा उल्लेख छ।

असल यौन जीवनका लागि सेक्सी देखिन अति आवश्यक भएको पनि प्रतिवेदनमा बताइएको छ। दाह्री खौरिनुहोस्, कपाललाई एउटा निश्चित 'लुक' दिनुहोस्, अनुहारमा एक प्रकारको चिप्लोपना देखाउनुहोस् कपडा यस्तो छान्नुहोस्, जसले तपाईंलाई हरक्युलिज सोलोमन एकैपटक देखाओस्। घरमै बस्दा पनि अनावश्यक ढङ्गले शरीर नखोल्नुहोस् एउटा रहस्य सधैं राख्नुहोस्। आफूलाई हरसमय उपलब्ध पनि नतुल्याउनुहोस्। सेक्स लाइफले त्यसपछि मात्र एउटा आकार लिन्छ। यो प्रविधि पुरुष/महिला दुवैमा बराबर लागू हुन्छ।

सेक्सका लागि तपाईं कुनै निश्चित दिन, समय, बेड, तन्ना अथवा अरू केही रोज्नुहुन्छ भने तपाईं निराश हुनुपर्नेछ। किनकि सेक्स अति कमजोर सम्वेदनशील संयोग हो, जो जीवनका असहज यथार्थसँग अलिकति पनि ठोक्किनेबित्तिकै त्यसले रौनकता हटाउँछ। प्रतिवेदनमा त्यस्ता धेरै कुरा समावेश गरिएका छन्, जुन जीवनका सामान्य घटना मानिँदै आए पनि दीर्घकालीन महत्वका हुन्छन्। व्यस्त जीवन, कार्यालय तथा घरको तनाव, अनावश्यक शंका, स्पर्शका आदि झमेलाबाट गुज्रँदै आएको युवापुस्तालाई प्रतिवेदनले एउटा बाटो देखाउन कोसिस गरेको छ।

 

? Copyright 2007 Janasamachar