Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

छोरालाई विवाहका लागि कसरी तयार पार्ने ?

छोराको जन्म हुनेबित्तिकै उसको पढाइ-लेखाइसँगै विवाहको चर्चा पनि प्रारम्भ हुन्छ। सासू अर्थात् केटाकी आमाले छोरा ठूलो हुनासाथ आफ्नो घरमा एउटी चन्द्रमाजस्ती बुहारी आउनेछिन् भन्ने आशा राखेकी हुन्छिन्, जसले घरको काम सघाउनुका साथै छोराको सेवा पनि गर्छिन्। आमाले छोराको सुखद भविष्यका लागि सोच्नु नराम्रो होइन। तर यो सोचाइसँग आफ्नो छोरालाई घरको जिम्मेवारी सम्झाइरहनु पनि आवश्यक छ। यसो गर्दा छोरामा घरको काम छोरी तथा गृहिणीले मात्र गर्नुपर्छ भन्ने सोचाइ रहँदैन।

विनोदकी आमाले धुमधामसँग उनको विवाह कवितासँग गरिदिइन्। केही महिना उनीहरूको जीवन रमाइलोसँग बितेको थियो तर दुई/तीन महिनापछि उनीहरूबीचमा मतभेद उत्पन्न हुन थाल्यो। यो मतभेदका कारण कविता आफ्नो घर छाडेर माइती बस्न थालिन्। उनीहरूबीचको मतभेद विनोदको व्यवहारका कारणले उत्पन्न भएको थियो। विनोदमा बुझ्ने शक्ति थिएन। विवाहे गरे पनि त्यसका लागि मानसिक तयार भएको थिएन।

आमासँग धेरै नजिक नभएकाले उसले -सानो कुरामा कवितालाई आमासँगै तुलना गथ्र्यो। साँझमा घर फर्किएपछि पनि आमासँगै राति अबेरसम्म बसिरहन्थ्यो। यी सबै कुराहरूले उसको गृहस्थ जीवन प्रारम्भ हुनुअगाडि नै अन्त्य भयो।

यस्ता घटना धेरै ठाउँमा धेरै पटक घट्छन्। श्रीमान्-श्रमतीबीच आपसी सहमति हुँदैन -साना कुरालाई लिएर झगडा, मतभेद उत्पन्न हुन्छ। प्रायः घरको सबै काम जिम्मेवारी महिलाले नै गर्नुपर्छ भन्ने पुरुषको सोचाइले गर्दा यस्तो स्थिति उत्पन्न हुन्छ। पुरुषहरू श्रीमती आफ्नो आमाबाबुको घर छाडेर ऊसँग बस्न आएपछि, आफूलाई यही घरअनुरूप ढाल्नुपर्ने सोचाइ राख्छन्। यो सोचाइ एकदम गलत हो, किनभने महिलाको जीवनमा परिवर्तन आएको भने पुरुषको जीवनमा पनि परिवर्तन आउनुपर्छ। जब छोराको विवाह पक्का हुन्छ, त्यसबेला आफ्नो छोरालाई विवाहका लागि मानसिकरूपले तयार गर्नु आमाको जिम्मेवारी हुन्छ। छोराका नराम्रा बानीहरूमा साथ दिनुको सट्टा त्यसलाई सुधार्नतिर लाग्नुपर्छ। छोराको विवाह हुँदैछ भन्नुको अर्थ अब ठूलो समझदार भइसकेको , त्यसले ऊसँग केटाकेटीजस्तो व्यवहार नगर्नुहोस्। उसमा घरको कामका लागि अलिकति भए पनि रुचि जगाउनुहोस्।

साग, तरकारी ल्याउनुका साथै कहिलेकाहीँ चिया बनाउन लगाउनुपर्छ। घरको काम नगरे पनि आफ्नो काम आफैँ गराउनुपर्छ, जसले गर्दा घरमा भित्रिएकी नयाँ दुलहीलाई पनि सजिलो मद्दत मिल्छ। यसो गर्दा दुलहीलाई पनि उनका श्रीमान् जिम्मेवार छन् परेको बेलामा घरको काममा मद्दत गर्छन् भन्ने महसुस हुन्छ। विवाह पक्का भएको छोराले बुहारीलाई दिक्क बनाउन सक्ने आफ्नो बानी सुधार्नुपर्छ। यदि उसको राति ढिलोसम्म साथीहरूसँग घुम्ने बानी भने उसलाई सम्झाएर यस्तो बानी राम्रो होइन, यस्तो नगर भनी सम्झाउनुपर्छ। किनभने ऊसँग अरू कसैको साथ जोडिँदैछ उनलाई घरको मायाका साथै सहयोग साथको आवश्यकता हुन्छ। आफ्नो कपडा यताउता नफाल्ने। यदि मैलो भएमा धुनका लागि एउटै ठाउँमा जम्मा गरेर राख्ने। कोठामा झुन्ड्याएर नराख्ने, किनभने आमालाई छोराको सबै बानी मनपर्छ तर भविष्यकी दुलहीलाई यी सबै कुरा मन पर्दैन।

चिसो तौलिया ओछ्यानमा फ्याल्ने बानी भने सुधार्नुपर्छ किनभने अब अविवाहितबाट विवाहित हुँदैछ। -साना कुराहरूबाट उसमा जिम्मेवारीका भावना जगाउनुहोस्। सलाद काट्ने टेबलमा प्लेटहरू राख्नेजस्ता काममा पनि उसको रुचि जगाउनुहोस्।बुहारी आएपछि आमाको मनमा छोराप्रति जुन श्रद्धा थियो, त्यो कम हुन्छ भन्ने भावना उत्पन्न नहोस्। यदि यस्तो कुरा मनमा उत्पन्न भए उसले आफूलाई अपराधी महसुस गर्न सक्छ विवाहको बन्धनलाई राम्ररी निर्वाह गर्न सक्दैन। दाजुभाइ दिदीबहिनीप्रति कम निर्भर हुनुहोस्। विवाहअघि कुनै पनि कामका लागि छोराले कि आमासँग कि दिदी-बहिनीसँग मद्दत माग्छ तर विवाहपछि आफ्नो काम आफैँ गर्ने अथवा श्रीमतीप्रति निर्भर रहने बनाउनुहोस्

 

? Copyright 2007 Janasamachar