Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

 

झल्को एसएलसीको

आजभन्दा दुई वर्षअगाडिको कुरा हो। तेह्रथुम जिल्लाको एउटा एसएलसी केन्द्र वसन्तपुरमा परेको थियो। मेरो परीक्षा केन्द्र पनि त्यही थियो। परीक्षाको तयारी गरी परीक्षा दिन वसन्तपुर पुगेँ। सोचअनुसार परीक्षा पनि राम्रै भयो। परीक्षा सिद्धिएको भोलिपल्ट बिहान नै उठेर किताब कपडाहरू मिलाएर चाँडै घर पुग्ने सोचाइमा थिएँ। आज रामनवमी पर्व, परीक्षा सिद्धिएको खुसियालीसँगै परिवारसँग मनाउने अझ गाउँमा विशाल मेला पनि लाग्ने भएकाले मज्जाले मेला भर्ने योजना बनाउँदै थिएँ। अचानक गाउँकै दुई-चार जना साथीहरू कोठामा प्रवेश हुँदै पाथीभरा मन्दिर जाने भनी प्रश्न गरे। तेह्रथुम जिल्लाकै प्रसिद्ध ठाउँ मिल्के क्षेत्रको तीनजुरे डाँडामा अवस्थित मन्दिरमा मलाई पनि जान खुब मन लागिरहेको थियो। लगभग तीन घन्टा हिँडेपछि पुगिने ठाउँमा तुरुन्त बाटो लाग्यौँ। उकालै उकालो तीन घन्टाको कठिन यात्रापछि हामी त्यहाँ पुग्यौँ।

 

मन्दिरमा सयौँ साथीहरू रामनवमी परेको कारण अन्य पूजापाठ गर्नेहरूको निकै भीड देखिन्थ्यो। मन्दिरको दर्शनपछि रातै फुलेको गुराँसको वनलाई नियाल्दै तुरुन्तै डेरामा फर्क्यौं। सबै साथीहरू -आफ्नो डेरातर्फ लागे, पनि डेरामा गएर हतार-हतार खाना खाएर डेरावालासँग बिदा भएर बाहिर निस्केँ। प्रिय मित्रजनहरूको पीडादायी वेदनायुक्त मित्रात्मक विछोडलाई पुनः भेट्ने वाचाका साथ पीडाहरूलाई मनमै राखेर आफ्नो गन्तव्यस्थान सुदापतर्फ अगाडि बढ्ने क्रममा वसन्तपुरको ओह्रालो हुँदै तल सल्लेरी दाँगपाको सिमाना परेवाखोलाको झोलुङ्गे पुल तरेर दाँगपा गाविसमा प्रवेश भएर मेरो यात्रा तेर्सियो।

चैत महिनाको प्रचण्ड घाम यात्राको कारण मलाई ज्यादै प्यास लागिरहेको थियो। बाटोमा खानेपानी नभएको कारण चरम प्यास दिनको चर्को घामसँगै घरमा पुगेर मेला भर्ने सपनालाई मनमा खेलाउँदै यात्रालाई अगाडि बढाउँदै थिएँ। अचानक ठूलो छायाँ शीतलता छाएर आयो। उभिएर आकाशतिर हेरेँ, कालो बादल मडारिएको थियो। पुनः यात्रालाई अगाडि बढाएँ। तर दुर्भाग्यवश एकैछिनमा गड्याङ-गुडुङ गर्दै हल्का पानी पर्न लाग्यो। आकाशमा कालो बादल लागेर चारैतिर कालो देखिन थाल्यो। त्यहाँ कतै घर नभएको कारण डराउँदै मेरा पाइलाहरू छिटो-छिटो चल्न थाले। तर दैवको अगाडि कसको के नै लाग्छ ! जब उत्तीसघारी -जङ्गलको बीचमा) पुगेँ, विशाल वर्षा, कपुरभन्दा ठूल्ठूला असिना तीव्र बेगमा हुरीले एकैसाथ छोप्यो।

साना रुखहरू जताततै ढल्न थाले भने हाँगाहरूले मलाई लाग्न थाल्यो। त्यसमाथि असिनाले कुट्दै थियो। कालो बादल बाक्लो असिना-पानीका कारण जङ्गलभित्र बाटो पत्ता लगाउन निकै गाह्रो भयो। जब जङ्गल बाहिर आएँ, ठूल्ठूला रुखहरू सजिलै लच्किएर टाढा-टाढासम्म उडाएको दृश्यले एकदमै डराएँ। बाटो सानो चिप्लो अनि लामो डिल, त्रसित थकित जीउमा गरुङ्गो झोला काँधमा बोकेर उभिएर मर्नुभन्दा दौडिएर मर्नु वेश सम्झेर सकी-नसकी हिलोमा चिप्लिँदै हुरीसँग मडारिँदै दौडिएँ। तर झन् तुफान हुरी विशाल पानी बर्सियो। संयोगवश भीरको टुप्पो अग्लो पहाडको चुचुरोमा सानो गोठनजिक पुगेछु। असिना विशाल वर्षाबाट जोगिन कटेरोमा पसेँ। महासागरमा डुबिसकेको थिएँ तर बीचको प्लेटमा उत्रिएको आभास गरेँ। हुरीले कटेरो नानीको कोक्रो झैँ हल्लाउँथ्यो। मेरो जीवनको अन्तिम घडी यही रहेछ भन्दै डरले थर्रर काम्दै बसेँ। किनकि कटेरो भीरको टुप्पोमा थियो। साँझको बजेतिर बल्ल हुरी रोकियो। तर सिमसिम पानी परिरहेको थियो। अझ मलाई घर पुग्न डेढ घन्टा हिँड्नुपर्छ।

साँझ परिसक्यो तर पनि मृत्यु शैयाबाट बचिस् भन्दै ओर्लिएँ। लुथु्रक्क भिजेको जिउ, थकित रूप अनि भोको पेट, गह्रौँ झोला बोकेर सिमसिमे पानी चिप्लो बाटोमा चिप्लेटी खेल्दै मनभरि सजाएर राखेको मेला भर्ने सपनालाई बिर्संदै मनमनै गुन्गुनाएर दुई-चार थोपा आँसु खसाउँदै यात्रालाई निरन्तरता दिएँ। झमक्क साँझ पर्यो, चारैतिर अन्धकार रातमा एकदमै डराउने योभन्दा अगाडि एक्लै रातमा नहिँडेको कारण मलाई डर लाग्यो। तर आज अँध्यारोमा एक्लै छु। भक्कानिएर आँखाबाट आँसुका थोपा र्झने गर्छन् भने पूरै रुन सकिरहेको छैन। घर पुग्न अझै आधा घन्टाजसो हिँड्नु छ।

बाटो देखेर पनि मूलबाटोमा दोधारिएको बटुवाझैँ दोधारिएँ। आज बाटोमा निकै बटुवाहरूसँग जम्काभेट भए पनि थोरै यात्रीसँग थोरै यात्रा मात्र गरियो। अहिले अन्धकारमा डर त्रासलाई लिएर बीच बाटोमा केही समय दोधारिएँ। अन्त्यमा केही सीप नलागेर अन्धो भैँसी दगुरेझैँ गरेर रक्ताम्य भएर घर पुगेछु, थाहा भएन।