Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

 

कुमारीत्व रक्षाका लागि अदालतमा

कुमारीत्वको प्रतीक झल्काउने औँठी लगाउन नपाउने स्कुलको निर्णयविरुद्ध एक स्कुले किशोरी उच्च अदालतको ढोका ढक्ढकाउन पुगेकी छिन्। साइँली औँलामा लगाइने सो औँठी कन्याको कुमारीत्व भङ्ग हुन अझै बाँकी भन्ने अर्थ बोक्ने प्रतीक मानिन्छ। पश्चिम ससेक्सकी १६ वर्षीया लिदिया प्लेफुटका अनुसार चाँदीको सो औँठी उनको विश्वास आस्थाको अभिव्यक्ति हो गहना लगाउन नपाइने विद्यालय नियमभन्दा यसलाई बाहिर राखेर हेर्नुपर्दछ। 'मेरा लागि यो साँच्चिकै महत्वपूर्ण किनकि बाइबलमा नारीको कुमारीत्व रक्षा गर्नुपर्ने उल्लेख ', स्थानीय एक रेडियोसँग बोल्दै उनले भनिन्- 'मुसलमानलाई टाउकोमा स्कार्फ बाँध्ने अनुमति , अरू धर्मकालाई चुरा लगाउने अनुमति छ। तर क्रिश्चियनहरू नै किन अरू नखराको शिकार बनाइएका हुन् ?'

प्लेफुटका वकिलले धार्मिक आस्था अभिव्यक्त गर्ने उनको अधिकार मानवअधिकारकै एउटा कडी भएको जिकिर अदालतमा गरेका छन्। स्कुलमा अहिले धार्मिक प्रतीकजस्तै बुर्का क्रस, औँठी लगाउन पाउने या नपाउने भन्ने बहसले निकै चर्चा पाइरहेको छ। केही विश्लेषकले भने लिदियाको यो अडान एउटा स्टन्ट मात्र भएको किशोरकालको चर्चा बटुल्ने दुःस्वप्नको उदाहरण भएको दाबी गरेका छन्। 'सोह्र वर्षको उमेर सही गलत छुट्ट्याउन सक्ने उमेर होइन। यो टेलिभिजन सिनेमाले भित्र्याएको दुस्साहस दुःस्वप्नको संस्कृति हो'- एक अध्यापकले बताए।

केहीपहिले ल्युटनस्थित स्कुलमा मुसलमान युनिर्फम लगाउन पाउनुपर्छ भन्ने सबिना बङ्गमको अनुनय कानुन महाशाखाले खारेज गरेको थियो। सो प्रकरणले फ्रान्सभरि नै एउटा बहस जन्मिएको थियो- मुस्लिम स्कार्फ राज्य सञ्चालित विद्यालयमा लगाउन हुन्छ अथवा हुन्न ? लिदियाका आमाबाबुले 'कुमारीत्व भङ्ग नगरौँ' अमेरिकी अभियानको बेलायती शाखा सञ्चालन गर्छन्। यसै कारण पनि छोरी लिदियामा सेक्स अपराध हो कुमारीत्व पुण्य हो भन्ने भ्रम परेको हुन सक्छ। लिदियाको निर्णयसँग जोडिएको स्थानीय एक टेलिभिजनले एउटा सर्वेक्षण गरेको थियो। युवाहरू त्यसप्रति आक्रोशित भए युवतीले पनि यसलाई रुचाए। उनीहरूको अनुमानमा पनि कामुक देह भएकी लिदिया अचानक चर्चामा आउन यस्तो प्रचारबाजीमा लागेकी हुन सक्छिन्।

सबै किशोरीमा हाम्रो महामहिम लिदिया प्लेफुटकै जस्तो भूत सवार भयो भने हाम्रो हालत के होला ? सृष्टिकै हालत के होला ? एक किशोरले ठट्टा गरे। 'यो सब नाटक गर्ने भए उनी किन त्यति उत्तेजनात्मक पोसाक लगाएर हिँड्छिन् तर यसको अर्थ उनी पनि सेक्ससँग आकर्षित छन् भन्ने होइन ?' उनले प्रतिप्रश्न गरे।लिदियाकै छिमेकी विद्यालय 'दि हेरिटेज' मा १० कक्षामा अध्ययनरत एक किशोरीका अनुसार एउटा निश्चित समयसम्म सेक्सबाट टाढै बस्दा राम्रो हो। तर एउटा सीमापछि पनि यसप्रति नकारात्मक हुनु आफैँप्रति अपराध हुने उनको तर्क छ। 'ठीक , कलेज नसकुञ्जेल तिमी त्यता नढल्क।

तर बिहे गरेपछि पनि सेक्स गर्दिनँ भन्नु आफैँले आफैँलाई मार्नुसरह हो', उनको कथन छ। लिदियाका पिता प्लेफुटले छोरीको अडान मौन क्रिश्चियानिटीतर्फको बृहत् सांस्कृतिक प्रारम्भ भएको बताए। 'धार्मिक निरपेक्षतासँग जोडिएको पुनरुत्थानवाद विश्व जीवनमा हावी हुँदै गएको मैले अनुभव गरिरहेछु त्यसको प्रमुख निसानामा क्रिश्चियानिटी ', उनले थपे। उनको आशयअनुसार क्रिश्चियानिटी नै क्रिश्चियनविरुद्धको विभेदमा अघोषितरूपमा आइरहेको छ। तर होरसामस्थित मिलियास स्कुलका प्रधानअध्यापकले कुनै विभेद नरहेको स्पष्ट पारे। 'औँठी यस कारण रोकिएको हो कि यसले गहना लगाउन नपाउने विद्यालय नियमको खण्डन गर्छ'- उनले भने। आस्थाको अभिव्यक्ति अधिकारको हवाला दिएर गरिएको निवेदन विद्यालयले चाखपूर्वक हेरेको तर कुनै अधिकारको हनन् भएकोमा भने आफ्नो सहमति नरहेको उनले बताए। उनका अनुसार स्कुलले युनिर्फम नीति सार्वजनिक गरेको त्यसबाट तल-माथि हुँदैन। दालतमा

उपत्यकामा कति होलान् यौनकर्मी ?

कम्युनिटी एक्सन नेपाल (सीएसी) ले यस वर्ष उपत्यकामा यौन व्यवसायमा संलग्न रहेका एक हजार आठ सय यौनकर्मी महिलाको पहिचान गरेको छ। सीएसी नेपालकी अध्यक्ष तुलसालता अमात्यले दिएको जानकारीअनुसार भक्तपुर जिल्लामा मात्र यस्ता यौनकर्मीको संख्या सय छ। तर उपत्यकामा कम्तीमा पाँच हजार यौनकर्मी महिला रहेको अनुमान छ। सीएसी नेपालले यौनकर्मी महिलाहरूका लागि सञ्चालन गरेको यौनरोगसम्बन्धी स्वेच्छिक परामर्श तथा परीक्षण सेवामा परामर्श तथा परीक्षणका लागि आउने महिला यौनकर्मी तथा पुरुषहरूको संख्या पनि बढेको छ।

एक वर्षमा आठ सय ५० जनासम्म परामर्श लिन आएको जानकारी दिँदै सीएसी नेपालका कार्यक्रम सहायक एवं सूचना प्रणाली व्यवस्थापक अर्मिन श्रेष्ठले काठमाडौँ