Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

 

 

-      लभलेटर

निष्ठुरी मायालु 'गंगा

उही हरक्षण तिम्रै यादमा तड्पिरहने साथी ँप्रेम को तर्फबाट मुटुभरिको माया तथा असीम सम्झना।

खै कसरी भनौँ तिमीलाई मैले आरामै छु भनेर 'गंगा' हिजोसम्म तिम्रो आकाशजस्तै निर्मल, स्वच्छ सागरजस्तै पवित्र माया पाएर जीवनमा आइपरेका हरेक समस्यालाई हाँसी-हाँसी बिताएको थिएँ। तर आज अनायास तिमी मदेखि टाढिएको देख्दा दिन पनि निष्पट औँसीको रातजस्तो भएको छ। तिमी पराइ बनेर मदेखि टाढिए पनि मैले तिमीलाई कहिल्यै भुल्न सकिनँ। त्यसैले आज मेरा अन्तरहृदयका भावना एवं व्यथाहरू सर्वप्रिय पत्रिका 'रसरङ्ग' मार्फत पठाएको छु। गंगा, तिम्रो विछोडले मुटुभरि अदृश्य चोटहरू सहेर एक्लै जीउन बाध्य भएको छु। हामीबीचको प्रेमलाई ढकमक्क फुलाई समाजलाई साँचो प्रेमको उदाहरण दिन चाहन्थें। तर त्यसको विपरीत आज हृदयले यति ठूलो बज्रपात सहनुपरेको छ। गंगा ! तिमीले यो कुन जन्मको बदला लियौ ? के मेरो प्रेमको कुनै अर्थ थिएन ? विस्तारै माथितिर उकासिँदै गरेको हामीबीचको प्रेमको मुनालाई तिमीले सहजै निमोठिदियौ। कति निर्दयी रहेछौ तिमी ? के तिमीले मेरो सामु खाएका वाचा, कसम एवम् तिमीले दिएका विश्वासहरू सबै काल्पनिक थिए ? आज तिमीले ती वाचा, बन्धनलाई तोडेर झूटो प्रेमको परिभाषा दियौ। प्रेमको तीतो स्वाद चखायौ। तिमीलाई याद ? स्वयम्भूको नवनिर्मित नेपालको सबैभन्दा अग्लो बुद्धको पाउमा बसेर मायाका मीठा-मीठा गफ गरी बिताएको त्यो दिन। भुल्यौ मेरो काखमा शिर अड्याई हात समाउँदै तिमीले मलाई कसम खुवाएको त्यो क्षण ? त्यो सम्झँदा आज मलाई नववसन्तको रङ्गीन बहार पनि उजाड लागिरहेको छ। अनि रानीवनको डाँडापाखामा बसी कराउने कोइलीको सुमधुर आवाजले पनि तिमीलाई नै पुकारेजस्तो लागिरहेको छ। निष्ठुरी गंगा, तिमीले कसम खाएकी थियौ- हाम्रो जीवनमा आँधीबेहरी आए पनि हामी पहाडजस्तै अटल भइदिनुपर्छ। हाम्रो साँचो प्रेमलाई कसैले पनि छेक्न सक्दैन। तिमीले भन्ने गथ्र्यौ- तिमी मेरो देवता हौ। मेरो राजा हौ। मैले मेरो सम्पूर्ण शरीर तिमीलाई सुम्पिसकेँ, सदाको लागि तिम्रो भइसकेँ। तर आखिर तिमीले मलाई धोका दिनु नै थियो किन पहिले मलाई अमर प्रेमको आशा देखायौ ? के वास्तविक प्रेमको अर्थ यही हो ? मैले कल्पनासम्म पनि गरेको थिइनँ, कसैको क्षणिक माया पाएर वर्षौंदेखि लगाएको गहिरो प्रेमलाई बिर्सन सक्छु भनेर। गंगा ! तिम्रा प्रेमपत्रहरू पनि सबै झूटा थिए, जसमा तिमीले लेख्ने गर्दथ्यौ-

मेरो हृदयको राजा 'प्रेम'

धेरै-धेरै सम्झनाको साथै

असीम मायाका सौगातहरू।

आरामै छु भनेर तिमीलाई कसरी भनुँ, जब तिमीबाट केही क्षण टाढा हुन बाध्य हुन्छु। मलाई हरपल तिम्रै यादले सताउन थाल्छ। मलाई तिमीबिना यो सारा धर्ती नै शून्य लाग्छ, अब छिट्टै हाम्रो नयाँ जीवनको सुरुआतको प्रतीक्षामा छु। उही सदा तिम्रै गंगा।

खै ती तिम्रा शब्दवाणीहरू तथा भावनाहरू सबै क्षणिक थिए ? तिम्रो मायाजालमा फसेछु कहिल्यै निस्कन नसक्ने गरी। तिमीसँग बिताएका ती क्षणहरू कसरी भुल्न सक्छु ? अब मसँग तिम्रो तस्वीर पत्रहरू छन्, त्यो पनि चाहिन्छ भने लैजाऊ, फिर्ता दिनेछु। ती मेरा लागि पहिले फूल थिए भने आज काँडा भएर मलाई बिजाइरहेछ। निष्ठुरी, आखिर तिमीले मेरो साँचो प्रेमलाई घृणा गरी कुल्चनु नै थियो किन मलाई झूटो प्रेमको आश्वासनमा फसाएर राख्यौ ? धन्य तिमीलाई, जसको तस्वीर हेरेर जनम-जनमसम्म बाँच्ने कसम खाएकी थियौ, जोसँग एकान्त रातमा बसेर सुनौलो भविष्यको कल्पना गरेकी थियौ। आज उसैलाई जीवन मरणको दोसाँधमा पुर्याई ज्यूँदो लासलाई कहालीलाग्दो छाँगाबाट खसाएर तिमी मेरो तमासा हेरिरह्यौ, होइन ? गंगा ! जीवनमा तिमीबाट मैले जति नै घात-प्रतिघात सहनुपरे पनि पखेटा काटिएको चरीसरह जीउन बाध्य भए पनि वेदनाको प्रहारले क्षतविक्षत यो हृदय आज पनि केवल तिम्रै यादमा तड्पिरहेको छ। तिमीलाई बिर्सिदिने कैयौँ प्रयास गर्छु कहिले सङ्गीतको लहरमा डुलेर, कहिले भावुक गीत सुनेर कहिले आँसुको सागरमा पौडिएर तर अतीतलाई भुल्न सक्दिनँ। आज आएर हरेक नशाको गहिराइमा डुबेको छु। भोगिसकेको मेरो अतीतलाई भुल्न सक्दिनँ। मेरो अतीत किन लुकिरहन्छ, किन भागिरहन्छ मदेखि, मैले बुझ्नै सकेको छैन। गंगा ! प्रेम टुकी बत्तीको उज्यालो थिएन, निभाउँदा निभ्ने। तर तिम्रो विचार भने त्यस्तै रहेछ, तिमीलाई परेलीमा सजाउन