Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

मन पर्यो कि तानेरै विवाह

झापाकी साहिँली मुर्मु भर्खर १७ वर्षकी थिइन्। झन्डै १८ वर्षअघिको कुरा हो यो। कामविशेषले भारतीय सीमावर्ती बजार गलगलिया पुगेकी थिइन् उनी। झापाको धरमपुरका चुनिया मुर्मुले 'मनपर्यो' भन्दै जबर्जस्ती तानेर घर लगे श्रीमती बनाए। साहिँलीले कुनै प्रतिवाद गर्नै पाइनन्। डाको छोडेर रोए पनि केही लागेन, खुरुखुरु चुनियाको श्रीमती भएको स्वीकार गर्नुपर्यो। अहिले ३५ वर्ष पुगेकी साहिँलीका तीन छोराछोरी पनि छन्।

धेरै वर्ष भएको छैन, झापा गरामनी बाह्रघरेका रसिन हस्ताले तिनिया बास्केलाई एउटा मेलामा देखेपछि तानेर 'तिमी मेरी श्रीमती भयौ' भन्दै घर भित्र्याएको। त्यसपछि उनी कति रोइन्, कराइन् तर केही लागेन। उनको पुकार पनि कसैले सुनेन। मन पटक्कै नभए पनि उनी रसिनकी श्रीमती भएर बस्न बाध्य भइन्। झापाकै अनारमनी विराटपोखराकी निली हस्दा भर्खर कक्षामा पढ्दै थिइन्। तिहारताका खेतको गरामा आमाबुबा साथीहरूसँग मेला हेर्न पुगिन् उनी।

तर त्यही मेलाले उनको स्कुल जाने रहर रमाइला दिन सदाका लागि बन्द गराइदियो। त्यही मेलामा आएका खालबाढीका पाको उमेरका रिन्टु बास्केले उनलाई तानेर घर लगी स्वास्नी बनाए। बाबुको उमेरको मान्छे भए पनि उनले नाइँनास्ती गर्न पाइनन्। नेपाली समाज केही वर्षअघिका कुरा सम्झने हो भने धेरै अघि बढिसक्यो। पश्चिमी संस्कृति यहाँ यति विकसित भइसक्यो कि आमाबाबुले खोजेको राम्रो केटा वा केटीसँग विवाह गर्ने कुरा चल्दा यहाँको युवावर्ग नाक मात्रै खुम्च्याउँदैन, ठाडै अस्वीकार गर्छ। आफैँले मन नपराएसम्म बिहे नै सम्भव छैन अब। तर नेपालका आदिवासी जाति मानिने सन्थाल जातिमा माथि उल्लेख भएजस्तै कसैलाई मन परेकै भरमा जबर्जस्ती तानेर स्वास्नी बनाउने चलन अझै कायम छ। केटालाई कुनै केटी मन पर्यो भने उसले जहाँबाट जहिले पनि जसरी पनि जबर्जस्ती तानेर स्वास्नी बनाउन सक्छ केटीले त्यसको प्रतिवाद गर्नै पाइँदैन। सुन्दा अचम्म लाग्छ, तर पूर्वी नेपालमा यो चलन उस्तै छ। जातीय परम्परा भन्दै अहिलेसम्म हट्न नसकेको यो चलनले गर्दा धेरै महिलाको जिन्दगी बर्बाद भएको छ।

कोचाटोला बस्ने रिना बास्के त्यसकै उदाहरण हुन्। भर्खर कक्षा पढ्दै गरेकी उनले त्यही कारण पाँच कक्षामा पुग्न नपाउँदै सधैँका लागि पढाइ छाड्नुपर्यो। उनी भन्छिन्- 'यो चलन हाम्रो जातिमा नभइदिएको भए पनि केही राम्रो काम गर्न सक्थेँ होला, कक्षामा प्रथम हुने मेरो पढाइ केही काम लागेन।' अहिले २१ वर्ष पुगेकी रिनालाई त्यतिबेला आफ्नै बाबुआमा आफन्तले पनि आफ्नो पक्षमा नबोलिदिएकोले पीरमाथि पीर थपियो। बरु उनीहरू सबैले परम्परा बिगार्नुहुन्न भनेर उनलाई नै गाली गरे। समाज परम्परा नै त्यस्तै भएकाले आफूले मात्रै केही गर्न सक्छु भन्ने लागेन, त्यसैले सबै चुपचाप सहिन्। तर आफ्नो जिन्दगी बर्बाद भएको ठान्ने रिना हिजोआज आफ्नो जातिका छोरीहरूले पढ्न पाउनुपर्छ यस्तो चलन रोक्नुपर्छ भन्ने आवाज उठाउन थालेकी छिन्। समाज, परम्परा आफ्नो ठाउँमा भए पनि उनले बिहेपछि पढ्ने प्रयास गरिन्। तर छोरालाई समेत पढाउनुपर्छ भन्ने वातावरण नभएको समुदायमा उनले पढ्न पाउने कुरै थिएन। सानैदेखि केही गर्ने चाहना राखेकी रिनालाई घरभित्रै सीमित रहन मन लागेन, परिवारमा सकेजति विद्रोह गरिन् अहिले उनी एसियाकै दोस्रो ठूलो गार्मेन्ट उद्योग झापा भद्रपुरस्थित मोमेन्टो एपरेल्समा जागिर खान्छिन्। रिना एउटा अपवाद मात्रै हुन्, जबर्जस्ती तानेर बिहे गर्ने चलनको सिकार भएका धेरै महिला अहिले विजोगपूर्ण जीवन बिताउँदैछन्, आफ्नो भाग्यलाई धिक्कार्दै।

दमकको सरस्वती माविमा १० कक्षामा अध्ययनरत दुनियाँ मुर्मु हिजोआज मेला जानै डराउँछिन्। सबै जातजातिको मेला भएमा साथीसँग ढुक्कले जान्छिन् उनी। तर आफ्नै जातिको मात्रै मेला भयो भने पहिल्यै तर्सेर जान्नन्। किनभने उनले आफ्नै आमाबाट सिकेकी छिन्, मेला गएकै कारण उनलाई जबर्जस्ती कसैको स्वास्नी बन्ने अवस्था आउन सक्छ। भन्छिन्- 'आमा दिदीबाट मैले धेरै सिकिसकेँ, आफ्नो जिन्दगी बर्बाद पार्न चाहन्न।' फूलसरी उनकी दिदी हुन्। उनले मन पराएको केटा अर्कै थियो। तर मेलापात जाँदा उनलाई अर्कै केटाले तानेर स्वास्नी बनायो। उनी भन्छिन्- 'चलनै यस्तो भएपछि के गर्नु, विरोध गरी माइत गएर बसे पनि माइतीले राख्दैनन्, एकचोटि त्यस्तो भएपछि अरू कसैले मागेर विवाह गर्ने सम्भावना पनि हुँदैन, समस्या हामीलाई नै पर्छ, त्यसैले चुपचाप सहेर बस्नुपर्यो।'

चलन