Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

 

विवाहका प्रकार तपाईं कस्तो विवाह गर्ने ?

हामी हिन्दु समाजका मानिस, हामीलाई विवाह भन्नेबित्तिकै चासो जागेर आउँछ। हामी धर्ममा ज्यादै विश्वास गर्दछौँ। अनि धर्म रक्षत रक्षती भन्ने उक्तिलाई अघि सार्र्छौं। तर विवाहजस्तो कुरा जुन समाजको लागि पनि उत्तिकै महत्वपूर्ण छ। यहाँ केही किसिमका विवाहको बारेमा वर्णन गरिएको छ।

. गन्धर्व विवाह

समय परिवर्तनसँगै विवाहका पनि किसिम देखापर्न थाले। पहिले-पहिले जब मानिसहरू जब जङ्गल गुफामा बस्ने गर्दथे, त्यतिखेर तिनीहरू तरङ्ग नभएको समुद्रझैँ सोझा-सीधा थिए। त्यतिबेला विवाह प्रथा थिएन। विवाहमा कुनै बन्धन नै थिएन। मानिसहरू नाङ्गा-नाङ्गै बस्थे।

समयको गतिसँगै उनीहरूले आफ्ना गुप्ताङ्गहरू ढाक्न थाले। त्यतिखेर उत्तेजित हुँदै पशुजसरी जो-कोहीसँग पनि सम्भोग गर्दथे। कसैलाई अरूको वास्तै थिएन। यसै क्रममा संख्या बढ्दै गयो। कटुम्बको नाता बाँधिँदै आयो। लाजले छुन थाल्यो। मानिसहरू शर्मदारी हुँदै आए। सेक्सजस्तो कुरा गोप्य गर्न थाले। यसैगरी आजको समाजको जन्म हुँदै आएको छ। भोलिका दिन फेरि त्यही पहिलेको अवस्थामा पुग्न कति पनि टाढा छैन। गन्धर्व विवाहको विषयमा देवयी ययाती तथा दुश्यन्त शकुन्तलाको उदाहरण आज पनि प्रख्यात छ। दुश्यन्तका छोरा भरतको नामबाटै आजको भारत नाम रहेको पनि विश्वास गरिन्छ। तर पनि भारतमा गन्धर्व विवाहलाई राम्रो दृष्टिले हेरिँदैन। यसको विपरीत युरोपमा गन्धर्व विवाहको अत्यधिक मात्रामा प्रचार-प्रसार छ। यस विवाहलाई प्रेम विवाह उर्फ लभम्यारिज पनि भनिन्छ। दुश्यन्तले गर्भिणी शकुन्तलालाई स्वीकार नगरेकाले गर्दा हाम्रो हिन्दु संस्कार भनौँ वा हिन्दु परम्पराअनुसार त्यसैबेलादेखि आगोको मण्डप साँची राखेर विवाह गर्ने परम्परा रहिआएको हो। जीवनमा ठूलो ठक्कर खानुपर्ने हुनाले गन्धर्व विवाह हामी उचित मान्दैनौँ।

. बालविवाह

विवाह-विधानको साथसाथै धर्मको सम्बन्ध पनि गाँसिन थालेपछि बालबालिका विवाह उनीहरूका आमा-बाबुको इच्छाअनुसार हुन्थ्यो। यस्तो विवाहमा कन्या कुमारबीच कुनै पनि कुरा थाहा हुँदैनथ्यो। पछि-पछि आएर यस्तो विवाहलाई वञ्चित गर्न थाले। विवाहमा केटा-केटीको उमेर पुगिरहनु आवश्यक छैन। १३/१४ औँ शताब्दीमा सम्राटहरूले हिन्दु अधिराज्यमा आक्रमण गर्न ८३ हजार ब्राम्हणहरूका नाक-कान जनै जति जलाएर उनीहरूका पत्नीहरूलाई -आफैँले लगेका थिए धर्मपत्नी बनाएका थिए। त्यही बेलादेखि बालविवाह प्रथा चलाइएको थियो। हिजोआज यो पूर्णरूपमा वा कानुनीरूपमा बन्देज छ। भनिन्छ, ७० वर्षका वृद्धसँग वर्षकी गोमाको विवाह भएको थियो रे। यसको कथा स्वस्थानी व्रत कथामा पाइन्छ।

. आसुरी विवाह

माता-पिताको इच्छाअनुसार भएको विवाहमा पछि गएर धनसम्पत्ति दौलतजस्तो कुरामा लोभलालचा बढ्न थाल्यो। कन्यालाई वस्तुभूषण दिने चलन रहिआएकै थियो तर पछि गएर कन्याका आमाबाबुलाई धन दौलतले पनि खुसी पार्नुपर्ने दिन आए। यस किसिमको विवाहको उदाहरण राजा दशरथको विवाहसँग दिन सकिन्छ। राजा दशरथले आफ्नो राज्य केही भाग धनसम्पत्ति दिएर आफ्नी कान्छी श्रीमती कैकयीसँग विवाह गरेका थिए। महाभारतका अन्धा नायक धृतराष्ट्रले पनि इच्छित धन लिएर गन्धारीसित विवाह गरेका थिए। सभ्यताको शिखरसँगै यस्ता विवाह प्रथाहरू पनि प्रखर चढिसकेका छन्। अहिले पनि सम्पत्ति दिएर कन्यालाई विवाह गर्ने चलन भारत वर्षमा यद्यपि कायमै छ। हामी आफैँले आजको समाजमा छोरी बेचेर धन कमाउन पल्केका बाबु-आमा कम देखेका छैनौँ। यो प्रथाको पनि अन्त्य हुनु जरुरी छ। यो सबै दर्रि्रताको कारण हो।

. राक्षसी विवाह

मध्यभारतको दक्षिण प्रान्तमा बसोबास गर्ने राक्षस समुदायमा कन्या फकाएर भगाउने चलन प्रसस्त मात्रामा पाइन्छ। त्यस्तै नेपालमा बसोबास गर्ने राई, लिम्बू, तामाङ, गुरुङ, घले जातिहरूमा पनि कन्या फकाएर भगाई विवाह गर्ने चलन अझै छ। यसै प्रथालाई राक्षसी संज्ञा दिइएको छ। आपसमा मन मिलेका केटा केटीले विवाह गर्न खोजे पनि उनीहरूका आमा-बाबुले त्यो सम्बन्ध स्वीकार गर्दैनन्। महाभारतको कथामा सुभद्रा अर्जुनको पनि राक्षसी विवाह भएको मानिन्छ। त्यस्तै भीमसेन हिडम्बा, श्रीकृष्ण रुक्मिणीको पनि यस्तै विवाह भएको