Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

प्रेमपत्र

आँसुमा डुबेका जीवन

निर्दयीको माया किन मुटुभरि साँचेछु

च्यातिएको फूलहरूको कस्तो माला गाँसेछु।

सुनेको थिएँ, प्रत्येक आँसुले पीडा दिन्छ भनेर तर आज आफैँसँग त्यस्तै पीडैपीडाले भरिएको आँसु छ। यी आँसुहरूले मेरो छातीमा चोटैचोट बनाएका छन्। प्रत्येक नशाहरूमा ती आँसुहरू खिल बनेर बसेका छन्। मेरो छातीमा कसैले नदेख्ने चोट अनि उनकै हाँसोले छोडेका यादका खाटाहरू छन्। कहिल्यै नमेटिने गरी दाग बसेका आँसुका टाटाहरू छन्। आज फेरि नचाहँदा-नचाहँदै विवशताको हुरीले अतीतका पानाहरू पल्टाइदिन्छ। जहाँ हामी दुई सँगसँगै हिँडेका डोबहरू फेला पार्छु अनि यथार्थ धरातलबाट विलीन हुन पुग्छु। अतीतका गाढा तस्बीरहरू आँखावरिपरि घुमिरहन्छन्। 'प्रतीक्षा गर एक दिन तिम्रै छायाँ बनेर आउनेछु' जस्ता उनको आश्वासनले भरिएका वाक्यहरूले आज पनि चोटैचोटले विक्षिप्त भएको हृदयलाई ढक्ढक्याउन पुग्छु। आँखावरिपरि कालो बादल छाउँछ। विगतका तीता-मीठा पलहरू एकपछि अर्को गरी दुःखित मानसपटलमा नाचिरहन्छन्। आँखाबाट सपनाहरू छचल्केर बग्न थाल्छन्। सपनाको महल झल्कन पुग्छ अनि मुटुभरि वेदनाको आगो सल्किदिन्छ। कल्पनामा भुल्दाभुल्दै उज्यालोलाई ढाकेर अँध्यारो रात पर्छ। त्यही रातमा कसैको सुमधुर स्वर सुन्छ फेरि झस्किन्छ यो मन अनि त्यो स्वर उनकै जस्तो लाग्छ। उनकै सम्झनामा यो दुःखेका मन मस्तिष्क अनि घाइते मुटु लिएर दिन-रात काट्न विवश छु। मनमा यस्तै धेरै कुराहरू खेल्न थाल्छ, आफूले आफैँलाई सम्हाल्ने प्रयास गर्छु र उनीप्रतिको अटुट माया मेरा मुटुबाट अलग गर्न सक्दिन।

समय परिस्थितिले जता-जता डोर्याउँछ त्यतै-त्यतै जाँदोरहेछ मानिसको जिन्दगी। त्यसकै परिणामस्वरूप आज प्रतीक्षाको फल उनले पनि दिइन् मैले पनि पाएँ। कुनै दिन सोच्ने गर्थें जीवनमा दुई मुठ्ठी सास रहुञ्जेलसम्म फूलको वासनाको जस्तो सम्बन्ध रहिरहोस् तर मदहोस भएर कल्पनाको उडानलाई निरन्तरता दिनु नै मेरो गल्ती भएछ। जीवनको त्यो मोडमा उनी वसन्तको बहार लिई भित्रिएकी थिइन्। जीवनलाई धिपधिपेबाट जोगाइराख्नका लागि अलिकति तेल थपेको थिइन्। जनम-जनम नटुङ्गनिे यात्रामा सँगै जीउने, सँगै मर्ने अनि सधैँभरि एक-अर्काको अँगालोमा बाँधिरहने कसम खाएका थियौँ। तर वाचा, कसम खुसीका क्षणहरू पलभरको लागि मात्र भए। निश्चल चोखो भनेको माया विछोडमा टुक्रिन पुग्यो। आज यो पागल मन अनि उनको सिन्दुरले लत्याएर गएको घाइते जीवन त्यही पनि उनकै सम्झनामा बाँचिरहेछु। विगतमा उनीसँगको मिलनलाई सम्झेर उनकै यादमा सम्झनाको दियो जलाई बस्थेँ। खुसीका मालाहरू उन्ने गर्थें तर आज कसरी त्यो दियोलाई निभाउँ अनि मालालाई चुडाउँ। तपाईंको जीवनमा खुसी मात्र ल्याउँछु भन्ने उनी आज उनैले दिएको आँसुका उपहारहरूमा हाँसी-हाँसी डुब्दैछु।

गल्ती मेरो नै थियो किनकि यो स्वार्थी संसारमा मैले उनलाई निःस्वार्थरूपमा माया गर्न खोजेँ अनि उनलाई चाँडै नै विश्वास गर्न पुगँे। आज उनीसँग विछोडिएका दिनहरू पनि वर्षौं बितिसके तर भने आजसम्म पनि उनकै यादमा दिन्दगी काटिरहेछु। पागलसरी दोबाटोमा भौतारिँदै हिँडिरहेको छु। आजकाल यस्तो लाग्छ, जीवनमा जे सोचिन्छ जुन कल्पना गरिन्छ, त्यो वास्तविक धरातलभन्दा धेरै टाढा हुँदोरहेछ। जुन इच्छा गरिन्छ, त्यो जीवनमा पाउन नसकिँदोरहेछ। सायद अहिले आएर जीवनको परिभाषा नै यस्तै-यस्तै लाग्छ। जीवनको एउटा सहारा उनीलाई नै ठानेको थिएँ तर उनी पनि आज मबाट धेरै टाढा गइन्। अहिले आएर बाहिरीरूपमा देखावटी हाँसो हाँसेर भए पनि वेदनाले भरिएको आत्मा लिएर जिउँदो लाससरी मरेतुल्य जीवन घिसारिरहेको छु, केवल कालको निम्तोलाई पर्खेर।

नदी किनारको चट्टान झैँ

सधैँभरि खिएर बसेँ

उनकै यादमा लामो जिन्दगी

धेरै चोटि पिएर बसेँ

थाहा छैन, मलाई कति पटक

यो कोमल मुटुलाई सिएर बसेँ।

- 'अतिथि' विकास केसी, फिनाम-, गोरखा

 

 

? Copyright 2008 Janasamachar