Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न

मानव सृष्टिको सर्वश्रेष्ठ रचना हो। सन्तानोत्पत्तिको पति-पत्नीको जीवनमा विशेष महत्व छ। नारीका लागि आमा बन्नु जहाँ एउटा मधुर अनि गौरवमय 'अनुभूति' जस्तो पुरुषका लागि पिता बन्नु उसको पुरुषत्वको सार्थकता हो। तर आज केही कमाउ पति-पत्नी शताब्दीदेखि चलिआएको यस धारणा मान्यतालाई अस्वीकार गर्दै भौतिक सुख-सुविधा कसरी बटुल्ने स्वतन्त्र जीवन कसरी बटुल्ने स्वतन्त्र जीवन कसरी बिताउने भन्ने कुराहरूको खोजीमा लागिरहेछन्। बिना नसोची-नसम्झी त्यसको परिणाम के हुन्छ - भन्ने कुरा थाहा पाउन आवश्यकता छ।

यो अभिलाषामा पूजा-पाठ, यज्ञ-हवन आदि धार्मिक अनुष्ठानदेखि लिएर डाक्टरद्वारा आफ्नो शारीरिक जाँच गराउने एवं नवीन वैज्ञानिक पद्धतिको जानकारी प्राप्त गर्नका लागि डाक्टरको, हस्पिटलको शरणमा परेका व्यक्ति कैयौँ देखिन्छन्। यस्ता दम्पती दुवै कामकाजी छन्। अनि प्रायः उच्च पदको लोभमा परेर अथवा मोटो रकम बैंक ब्यालेन्स शान-शौकत भरपुर आफ्नो स्वतन्त्रता अनि भौतिक जीवन बाँच्ने आकांक्षा भएकाहरू यस्ता दम्पतीहरूले आफ्ना छोराछोरी बच्चालाई सबैभन्दा बढी बाधक सम्झेका हुन्छन्।

भौतिक सुखको मोहमा परेर यस्ता आमाबाबुहरू यो बिर्सिन्छन् कि आमाबाबु बन्नुको इच्छा महत्व दबाउँछ। त्यसपछि पत्नी अर्थात् नारी शताब्दीको गुलामीपछि आफ्नो आर्थिक आत्मनिर्भरता अनि परिचय देखाउने आज आएर केही मौका पाएका छन्। यसै कारण आफ्नो क्यारियरलाई आकाश पुर्याउने अभिलाषामा आफ्नो आमा बन्ने प्राकृतिक इच्छालाई नकारी दिन्छन्। यस्ता दम्पतीको जीवनमा लक्ष्य के हुन्छ भने आधुनिक सुखसुविधा, भरपुर भौतिक सुखद यिनै सब चीज भोगिसकेपछि जब उमेर केही ढल्किन थाल्छ, तब उनीहरूको अन्तर्मनमा द्वन्द्व उत्पन्न हुन थाल्छ।

मानौँ जोडजोडले पुकारिरहेछ कि आखिर हामी यो सबथोक कसका लागि जोडजम्मा गरिरहेका छौँ ? दिन-रात एक गरेर किन खटिरहन्छौँ ? यी सबै सुखसुविधाको भोगचलन गर्ने आफ्नो सन्तान को ?

आधुनिक युगको आड लिनेहरू सन्तानलाई आफ्नो क्यारियरको बाधक सम्झेर जन्माउनै सक्दैनन्। जन्माउनेहरूले त्यसको महत्व नबुझेर बच्चाहरूलाई आफ्नो मायाबाट टाढा गराई विसङ्गतितिर धकेलिदिन्छन्। आफ्नो पूरा जिन्दगीमा बच्चालाई दिने समय सम्पती क्यारियर बटुल्न लाग्दा पछि गएर तिनै चीजहरू सब थोक गुमाउन पुग्छन्। मानिसको जिन्दगीमा एउटा यस्तो समय अवश्य आउँछ, जब चाहन्छ कि मेरो कोही आफ्नो होस् अनि प्रसन्न हुने माध्यम केवल आफन्त परिवार अर्थात् छोराछोरी मात्र हुन सक्छन्। जुन खुसी अनि गर्व छोराछोरीलाई आफ्नो आमाबाबुको मान-सम्मानबाट आमाबाबुलाई छोराछोरीको खेल्ने, खाने अनि उनीहरूको भविष्य अगाडि बढाउनेभन्दा खुसी यो दुनियामा अरू केही कुनै पनि हुन सक्दैन। यदि यही जीवनमा दोस्रो मूल्यको प्राथमिकता दिँदाखेरी नै सारा सफलता, सारा शक्ति, सारा सम्पत्ति निरर्थक भइदिन्छ। जब चालीस, पैँतालिसपछिको उमेरमा मनमा दबिरहेको सही आमाबाबु हुने इच्छा-आकांक्षा भित्रैदेखि उब्जिन थाल्छ। तर त्यतिखेर यति धेरै ढिला भइसकेको हुन्छ कि पछुताउनुसिवाय अरू केही हुन्न। आफू जन्मदाको खाली हात सृष्टिबिना खाली नै रहनेछ।

त्यसपछि भव्य सजाएको महल सुनसान घर। आफ्ना सन्तानहरूसँग शैशवकालको उमेरसँग खेल्नबाट वञ्चित रहनुको महसुस मनमा सधैँ कुँडिरहनेछ। मन घरी-घरी तड्पिनेजस्ता क्रियाकलापमा नितान्त एक्लोपनले लखेटिरहन्छ। सीमासम्म महत्वाकांक्षी हुनु राम्रै हो। तर अति महत्वाकांक्षी हुनु ठीक होइन। 'डबल इन्कम नो किड्स' को सिद्धान्तमा चलेपछि परिवारजस्तो महत्वपूर्ण संस्था डगमगाउँछ नै। आफ्नो परिवारको संस्कृति, संस्कार, नाता-सम्बन्धको मायाले मानिस कहाँबाट कहाँ पुग्छ। हरेक परिवारको -आफ्नो रीति-रिवाज अनि परम्परा हुन्छ। एउटा पिँढीबाट अर्को पिँढी अनि कैयौँ पिँढीसम्म धान्नुपर्ने हुन्छ। यस्ता व्यक्तिहरू भौतिक सुखलाई अपनाएर आफ्नो परिवारको सुखको बलि चढाउन आखिर कहाँको समझदारी हुन सक्छ ? पारिवारिक, सामाजिक एवं सांस्कृतिक विकासमा पनि बाधक हुनुको साथसाथै स्वतन्त्र जीवनको मानसिकता देशको आर्थिक विकासमा पनि बाधक नै हुन जान्छ।

प्रायः प्रत्येक व्यक्तिमा अनि हामी दुई प्रकारको प्रवृत्ति हुन्छ। जब हामी भन्ने बानी लागिसकेको भने त्यस्तो व्यक्तिले केवल आफ्नो बारेमा मात्र सोच्दछ। जुन देश अनि समाजको साथसाथै स्वयम् उसकै लागि पनि कल्याणकारी हुँदैन। आजका युवायुवती वर्गमा यसको प्रवृत्ति फस्टाउँदै गइरहेको छ। यसलाई बढ्नबाट रोक्नुपर्दछ, नत्र परम्परा मासिन सक्छ। व्यक्ति जुनि देशमा अनि समाजमा बस्छ, त्यसप्रति पनि उसको केही कर्तव्य अवश्य हुनैपर्छ। सन्तान परिवारको