|
पूर्वीय सामाजिक परिवेशमा पनि यौन उदारताको घेरा बढ्न थालेको पाइन्छ। गर्भनिरोधक तथा कामोत्तेजना बढाउने औषधिहरूको सहज उपलब्धता, यौनजन्य सामग्रीको बढ्दो लोकप्रियताका साथै नारी-पुरुषले प्रयोग गर्ने इनर-वेयरमा बढी स्टाइल र ग्ल्यामरको उपयोगले यौन मामिलामा बढी खुलापन देखिएको छ। तुलनात्मकरूपले हिजोका दिनभन्दा वर्तमान परिप्रेक्ष्यमा नारी-पुरुष दुवैका लागि प्रेमालाप तथा यौनसंसर्गका सम्बन्धमा आफ्नो चाहना अभिव्यक्त गर्ने वातावरण बढी सहज र सरल छ। सहवासको अवधि र सहवासबीचको अन्तरालसम्बन्धी कुराहरू अब नितान्त व्यक्तिगत मामिला रहन छाडेका छन्।
निःसन्देह एक-अर्काको भावनाको कदर गर्न सक्नु सुखी दाम्पत्य जीवनको महत्वपूर्ण पक्ष हो। यद्यपि यौनसम्बन्धी मामिलामा शिष्टता यौन जीवनलाई मात्र नभएर वैवाहिक जीवनलाई अझ मधुर बनाउने सूत्र हो। पत्नीलाई पतिको बडी ल्याङ्वेजले बढी प्रभावित गर्छ। महिलाहरू संसर्गको अवस्थामा विशेषतः पति, प्रेमी वा पार्टनरको मुखबाट आफ्नो प्रशंसालाई प्राथमिकता दिन्छन्। जस्तै- तिमी कति कोमल छौ वा तिम्रो स्पर्शको महत्व धेरै छ आदि कुराले नारीलाई नारित्वको अनुभूति दिलाउँछ। महिलाहरू चाहन्छन्- बेडरुममा उनले मात्रै प्राथमिकता पाऊन् नकि अन्य सामग्री, चित्र, चलचित्र, सङ्गीत आदिले। यसबाट नारी-पुरुष यौनसम्बन्ध यान्त्रिक क्रिया बन्न पुग्छ।महिलाहरू यौनमा आराम, धैर्य र मन्द गति चाहन्छन्। आफ्नो मनोभाव र आँखाको भाका बुझेर आफ्नो प्रेमी-पतिले संसर्गको बाटोमा अग्रसर गराओस् भन्ने चाहना तिनमा हुन्छ। सोहीअनुरूप पुरुष पनि अघि बढे नारीको नजरमा उनको पति-प्रेमीको पुरुषत्व बढ्छ भने सोधेर अनुरोध गरेर यौन मामिलामा अग्रसर भए पुरुषको पुरुषत्वमा कमी आएको आँकलन हुन सक्छ। यौन संसर्गपछि पनि प्रेमीको आलिङ्गनले नारीलाई लामो समयसम्म तरङ्गति पार्छ। संसर्गपछि पुरुषहरू शिथिल हुन्छन् भन्ने कुरा तिनलाई थाहा हुन्छ यद्यपि सुत्न खोजेको वा निदाएको हेर्ने चाहना तिनमा हुँदैन। यो स्थितिमा महिलाहरू आफ्नो प्रेम र भावनाको अपमान भएको महसुस गर्छन्। यो अवस्थामा नारीले आपूप्रति भन्दा पति-प्रेमी शरीरसित बढी मोहित भएको सोचाइ बनाउँछन्।
| |||||||||||||||||||||||||||