Index

o

सेक्समा के चाहन्छन् महिला

o

सन्तानः प्राकृतिक इच्छा नकार्नुहुन्न
o मन पर्यो कि तानेरै विवाह
o इजरायल जाँदै हुनुहुन्छ ? वेश्यालय पुग्नुहोला
o

सेक्स शक्ति बढाउने अचुक उपाय

o

झल्को एसएलसीको

o लभलेटर
o प्रेमपत्र

Old Issue

 

 

 

टिनएजको चञ्चलता कसरी सम्हाल्ने ?

मानव जीवनको वसन्त ऋतुका रूपमा कविहरूद्वारा चर्चा गरिने टिनएज अर्थात् किशोरावस्थालाई संक्रमणकालीन अवस्था मानिन्छ। मनोवैज्ञानिकहरूले शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक रूपमा बाल्यावस्थाबाट परिपक्व वयस्क अवस्थातर्फ बढेको बाह्र वर्षदेखि अठार वर्षसम्मको समयावधिलाई किशोरावस्था भनेका छन् भने नेपालमा माध्यमिक एवं उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने अवस्थालाई किशोरावस्था मान्न सकिन्छ।

मानवको सम्पूर्ण जीवनभर किशोरावस्थाको प्रभाव पर्ने भएकाले बाबु-आमा, शिक्षक, अभिभावक तथा किशोर-किशोरी स्वयंले किशोरावस्थाका बारेमा जानकारी राख्नु आवश्यक छ।पूर्वीय दर्शनअनुसार आफ्नो जीवन सञ्चालन गरिरहेका हामीमा चाहिने कुरामा लजाउने अनावश्यक कुरामा विदेशीको नक्कल गर्न उक्सने प्रवृत्ति बढेको छ।

जसले भविष्यका कर्णधारका रूपमा रहेका किशोर-किशोरी गलत बाटोतिर लाग्ने सम्भावना बढेको विविध दुर्घटनाहरूसमेत निम्तिएका छन्। किशोरावस्थाको सुरुका वर्षमा शारीरिक वृद्धि तथा विकास पछिल्ला वर्षहरूमा मानसिक एवं सामाजिक विकास हुने भएकाले किशोरकिशोरीहरू आफूलाई समाजका अगाडि सक्षम सबल युवायुवतीका रूपमा प्रस्तुत गर्न चाहन्छन्।

को हुँ, कहाँ गइरहेको छु समाजमा मेरो के स्थान भनेर समाज तथा साथीसङ्गीको समूहमा आफ्नो परिचय स्थान पहिचान गर्न चाहने किशोर-किशोरीलाई अस्तित्वको खोजी गर्दा ठेस पुर्याइएमा उनीहरूको मन विचलित भई गलत बाटो लाने सम्भावना हुन्छ।

 त्यसो त किशोरावस्थामा असम्भव चाहना बढेर जाने, परिवारका सदस्य तथा शिक्षकहरूको कुरा नटेरी अरूको खिसी गर्ने, आफूलाई सर्वगुणसम्पन्न मान्ने, ठूला-ठूला मानिस, धनाढ्य तथा पुँजीपति, हिरो-हिरोइनसँग दाँज्दै दिउँसै सपना देख्ने आदि कारणले समस्या थपिन्छ।केही किशोर-किशोरीहरू आफ्नो दायित्व भविष्यप्रति ध्यान दिन नसक्दा नराम्रोसँग कुलतमा फसेका छन्। आफूलाई ठूलो परिपक्व देखाउन उनीहरू वयस्कहरूका राम्रा-नराम्रा सबै किसिमका व्यवहार, जस्तो- चुरोट, जाँड-रक्सी पिउने, लागूऔषध सेवन गर्ने एवं जथाभावी यौन क्रियाकलाप गर्नेजस्ता नकारात्मक व्यवहारहरूको नक्कल गरी जीवन बर्बाद पार्न पनि पछि पर्दैनन्। यस्तो समस्याबाट मुक्ति पाउन राम्रो संस्कार, उचित शिक्षा तथा अभिभावकको स्नेह एवं विशेष ध्यान अनिवार्य सर्त हुन्छ।

घरमा राम्रो वातावरण, असल संस्कार, अभिभावकहरूको विशेष रेखदेख, स्नेह आवश्यक वस्तु उपलब्ध गराएर, आफ्ना छोराछोरीको भावना बुझेर अनि आवश्यक कुरा बोल्न दिएर तथा नैतिक यौन शिक्षा दिए किशोर-किशोरीहरूलाई सहयोग गर्नुपर्छ भने किशोर-किशोरीहरूले पनि अभिभावकको भावना, समाज राष्ट्रको चाहनालाई बुझेर आफू कस्तो हुनुपर्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ। तर दुर्भाग्य नै मान्नुपर्छ, जनसंख्याको ठूलो हिस्सा ओगटेका किशोर-किशोरीका लागि अहिलेसम्म हाम्रो देशमा कुनै ठोस नीति बन्न सकेको छैन।

किशोरावस्थासँग प्रत्यक्ष जोडिएका दुई शब्द भनेका सेक्स प्रेम हुन्। पश्चिमाहरूको शैलीमा लागेर यौन खुला हुनुपर्छ भन्ने होइन, तर संसार नै यौनजन्य रोगबाट आक्रान्त भइरहेको बेला यसबाट बच्न पनि सामाजिक तथा नैतिक दायरामा रहेर राष्ट्र संस्कृति सुहाउँदो यौनशिक्षा भने दिनैपर्ने भएको छ। यसैगरी प्रेम भन्ने शब्दले दुई केटा केटीबीच हुने सम्बन्धलाई मात्र जनाउने भ्रम रहेकोमा यस विषयमा समेत किशोर-किशोरीहरूलाई सही ज्ञान दिनुपर्छ। किनभने फेसनका रूपमा रहेको विपरीत लिङ्गीप्रतिको आकर्षणलाई प्रेमको नाम दिइएबाट धेरै दुर्घटनाबाट निम्तिएका छन्।

प्रेम सफल भएका मान्नेहरू असामाजिक अमर्यादित कदमतर्फ लम्कने असफल भएकाहरू कुलत आत्महत्यातिर आकर्षित भएको पाइएकाले दुवै स्थितिबाट बच्नु आवश्यक छ। यसबाट के प्रस्ट हुन्छ भने प्रेमको गलत परिभाषाले परिवारको एक सदस्य मात्र बिग्रिएको छैन, पूरा राष्ट्रकै युवा समुदाय दिग्भ्रमित भएको छ। किशोरावस्थामा खराब व्यवहार गरे त्यसबाट राष्ट्रलाई घाटा हुने सभ्य, असल, चरित्रवान् एवं सच्चा देशभक्त हुन सके राष्ट्र पनि सभ्य विकसित हुने हुँदा किशोरावस्थाको मनलाई ज्ञानगुनका कुरा एवं सुविचारमा केन्द्रित गर्न सबैको उत्तिकै योगदान हुनुपर्छ।

- सुन्दरमणि अधिकारी

 

? Copyright 2008 Janasamachar